मुलुकमा दिनप्रतिदिन संकट बढ्यो भन्दै नेविसंघ धनकुटाले गर्यो दिप प्रज्वलन
धनकुटा । मुलुकको संकट दिनप्रतिदिन बढ्दै गएकोले यसका अन्त्यको कामना गर्दै राष्टिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ धनकुटाद्धारा आज साझ धनकुटामा दिप प्रज्वलन गरिएको छ ।
धनकुटाको शहिद भिम नारायण श्रेष्ठ चौक सिरानबजारमा नेविसंघ धनकुटा जिल्ला समितिले आयोजना गरिएको दिप प्रज्वलित कार्यक्रममा नेपाली कांग्रेस सह-महामन्त्री सुनिल वहादुर थापाले दिप प्रज्वलन कार्यक्रमको शूभारम्भ गर्दै वि पिको राष्टिय मेलमिलावको नीतिबाट अगाडी बढे मात्र मुलुकको समस्या समाधान हुने वताउनु भयो ।

त्यस्तैगरी पार्टीका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा सदस्य लिला सुब्बा ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,नेपाली कांग्रेस आदिवासी जनजाती केन्द्रिय विभागका सदस्य आनन्द सन्तोषी राई, संविधान सभा सदस्य अञ्जना ताम्ली,नेपाल शिक्षक संघ प्रदेश उपाध्यक्ष गंगारम ढुंगाना, पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राइ ,सहसचिव सिता श्रेष्ठ,कोषाध्यक्ष दिनेश राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले मुलुकको समस्या साधानकाे कामना गर्दै दीप प्रज्वलन गरेका थिए ।
नेपाल विद्यार्थी संघ धनकुटका अध्यक्ष बालानन्द दाहालको अध्यक्षतमा भएको कार्यक्रमको उदेश्य सचिव सरोध धमलाले गर्नु भएको थियो ।


