आठ बर्ष देखि अंग्रेजी नयाँ बर्षको अवसरमा हुदै आएको फूडफेष्टीबल भएन
धनकुटा । प्रदेश न १ कै चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा विगत आठ बर्ष देखि अंग्रेजी नयाँ बर्षको अवसरमा हुदै आएको फूडफेष्टीलब यस बर्ष कोरोना महामारीका कारण स्थगित भएको छ ।
भेडेटारको पर्यटन प्रर्वद्धन र व्यावसायीक विकासका लागि हरेक बर्ष हुदै आएको फेष्टीवल यस बर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसरका कारण गर्न नसकिएको होटल एसोशियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनु भयो ।
विगतमा फेष्टीवल हुदाँ नेपालका विभिन्न जिल्ला संगै सार्क राष्ट र अन्य देशका पर्यटक समेत भेडेटारमा आउने गर्देथे त्यसले गर्दा भेडेटार संगै रहेका यहाँका अन्य पर्यटकिय क्षेत्रहरु नाम्जे, नमस्ते झरना, पाथिभारा मन्दिर,मुलघाट लगायतका क्षेत्रको समेत फूडफेष्टीबल कै कारण प्रचार प्रसार हुने गरेको थियो ।


