६९ डिएसपीको सरुवा, धनकुटाका श्रेष्ठलाई पश्चिम रुकुम र धनकुटामा आउने भए चौधरी
धनकुटा । प्रहरी प्रधान कार्यालयले ६९ डिएसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका इन्चार्जहरुको पनि हेरफेर भएको छ ।
धनकुटा जिल्ला प्रहरी कार्यालयका ध्रुव कुमार श्रेष्ठलाई ठग बहादुर केसीको ठाउंमा जिप्रका पश्चिम रुकुम सरुवा गरिएको छ भने इलाका प्रहरी कार्यालय मिर्चैया,सिरहाका सन्तुलाल चौधरीलाई धनकुटामा सरुवा गरिएको छ ।
त्यस्तै प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत देवेन्द्र पाण्डेलाई रसुवा पठाइएको छ भने भेषराज रिजालको दोलखा सरुवा भएको छ । डिएसपी श्याम राईलाई म्यादी खटाइएको छ । सोलुखुम्बुमा कवित कटवाल, जाजरकोटमा मधु कुमार थापा, मनाङमा सुवास खड्का, रामेछापमा नवराज ढुंगाना, ओखलढुंगामा गोविन्द काफ्लेको सरुवा भएको छ ।
उपत्यकाको जनसेवा वृत्तमा डिलबहादुर मल्ल तथा बालाजुमा निर्मल बुढाथोकी, सातदोबाटोमा दिनेश घिमिरे, चापागाउँमा टेकबहादुर कार्की, थानकोटमा मोहन खाँणलाई पठाइएको छ । पूर्वी रुकुममा गणेश श्रेष्ठ, पोखराको वडा प्रहरी कार्यालय बैदाममा चिनियायाँ तामाङलाई पठाइएको छ ।


