ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको पर्खाइमा

फुङलिङ । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा गाउँमा रहेको ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । अहिलेसम्म गुम्बाको जीर्णोद्धार अर्थात् संरक्षण गर्न कुनै पनि पहल नभएको स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो । प्रचारप्रसार हुन नसकेकाले पनि गुम्बा जीर्णोद्धारसम्म पनि नभएको हँुदै शेपाले बताउनुभयो ।

गुम्बा धेरै पुरानो भएकै कारण संरचना क्रमशः भत्किँदै गएको घुन्साका स्थानीयवासी बताउँछन । घुन्साका ज्येष्ठ व्यक्ति ९० वर्षीय लाक्पाछेतेन शेर्पाले टासी छ्योलिङ गुम्बा एक हजार वर्षभन्दा बढी पुरानो भएको जिकिर गर्नुभएको छ । पुर्खाले घुन्सामा बस्ती बसाउन थालेपछि बौद्ध धर्मावलम्बीले धार्मिक संस्कार (पूजा पाठ) गर्न टासी छ्योलिङ गुम्बा निर्माण गरिएको शेर्पाको भनाइ छ । उहाँले भन्नुभयो, “जिल्लाकै पहिलो गुम्बा हो, घुन्सामा गुम्बा बनेपछि मात्र अरुतिर गुम्बा बनेका हुन् ।” घुन्सापछि ओलाङ्चुङगोलाको दिकीछ्योलिङ गुम्बा, फले, ग्याब्लालगायतका ठाउँमा पछि मात्र गुम्बा बनाइएको उहाँ तर्क छ ।

धेरै अघिका पुस्ताले टासी छ्योलिङ गुम्बा बनाएको र अहिलेसम्म सोही गुम्बामा आफूहरुले बौद्ध धर्मअनुसार पूजापाठ गर्दै आएको स्थानीयवासी केल्साङ शेर्पाले बताउनुभयो । अहिलेसम्म कुनै सरोकारवालाले गुम्बा संरक्षणमा चासो नदिएकाले संरचना निक्कै जीर्ण बन्दै गएको शेर्पाले बताउनुभयो । समय समयको भूकम्पले गुम्बाको गारो भत्काएर संरचना थप जीर्ण बनेको शेर्पाको भनाइ छ । स्थानीयवासी आफैँले बेलाबेलामा भत्किएको गारो लगाउने र मक्काएको काठ फेर्नेबाहेक अरु दर्बिलो संरचना बनाउने वा जीर्णोद्धारको कार्य गर्ने अवस्था नरहेको उहाँको भनाइ छ । कतिपय लड्न र झर्न लागेको संरचनालाई काठको टेवा दिएर अड्याएको गुम्बाका लामा (पुजारी) पेमाछेम्बे शेर्पाले बताउनुभयो । कुनै पनि बेला गुम्बाको पूरै संरचना भत्किएर मानवीय क्षतिसँगै ऐतिहासिक गुम्बाको अस्तित्व समाप्त हुनसक्ने लामा शेर्पाको भनाइ छ ।

संरक्षण तथा जीर्णोद्धार नगरिँदा धार्मिक मात्र नभई पर्यटकीय गन्तव्यका रूपमा रहेको प्राचीन ऐतिहासिक गुम्बाको अस्तित्व सङ्कटमा परेको घुन्साका स्थानीय युवा समाजसेवी मिङ्माडण्डु शेर्पाले बताउनुभयो । कञ्चनजङ्घा हिमाल प्रवेशद्वार मानिने घुन्सा बस्तीमा रहेको ऐतिहासिक गुम्बाको जीर्णोद्धार गर्न ढिलाइ हुँदै गएको शेर्पाको भनाइ छ । चीनको स्वशासित क्षेत्र तिब्बतको भोटबाट आएर घुन्सामा भोटे समुदायले मानव बस्ती बसाएका र बस्ती बस्न थालेदेखि नै शुरुमै उक्त गुम्बा निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । शुरुमा काठको चिर्पटले छाएर गुम्बा निर्माण गरिएको र पछि जस्तापाताले छाउन थालिएको घुन्साका वयोवृद्ध लाक्पाछेतेन शेर्पाले बताउनुभयो ।(रासस) -तस्बीर श्रोत :गोरखापत्र अनलाइन

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।