सहकारीबाट आत्मनिर्भर बन्दै महिला

खलङ्गा । आर्थिक अवस्था कमजोर भएका जुम्लाका महिला पछिल्लो समयमा सहकारीबाट आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय तहमै सहकारी सञ्चालनमा आएपछि यहाँका महिलालाई सहकारीले आत्मनिर्भर बनाएको हो । जिल्लाको सिंजा गाउँपालिका–६ जोडुमा रहेको महादेव जनसेवा कृषि उत्पादक कृषक समूहबाट न्यूनतम ब्याजदरमा ऋण लिएर महिलाले आयआर्जनका काम गरेरका संस्था अध्यक्ष दलबहादुर बुढाले जानकारी दिए ।

उनले भने, “महिलाहरु सहकारीले बनाएका समूहमा आबद्ध भइ मासिक रूपमा बचत गरी ऋण लिएर आयआर्जनका काम गर्न थालेका छन् । आबद्धमध्ये १५ देखि २० महिलाले तरकारी खेती, व्यापार, भेडा बाख्रापालनलगायतका उत्पादनशील काम गर्दै आएका छन् ।”

पहिला सहकारीमा आबद्ध नहुँदा घर चलाउन मुस्किल हुने यहाँका महिलालाई अहिले सरकारीले विभिन्न प्रकार सीपमूलक तालिम दिएपछि उनीहरुका जीवनशैली विस्तारै परिर्वतन हुँदै गएको संस्थाका उपाध्यक्ष बेलकौरा बुढाले बताए । सहकारीबाट सिकेको सीपमूलकबाट तालिमले अहिले यहाँका महिलाले मासिक रु १० देखि १५ हजारसम्म आम्दानी गर्ने गरेका स्थानीयवासी धर्मकली बुढाले जानकारी दिनुभयो । सहकारीबाटै रु ४० हजार ऋण लिएर तरकारी खेती र व्यापार शुरु गरेको स्थानीयवासी मुनबहादुर बुढाले बताए ।

उनले भने, “ आजभोलि मासिक रु पाँच हजार कमाउने गरेकोछु । सहकारीले बचत गर्न र कमाउन सिकाएको छ । ” विसं २०७३ वैशाख १ गते स्थापना भएको सो संस्थाले कृषितर्फ पशुपालन, तरकारी खेती, राडीपाखी व्यापार र वैदेशिक रोजगारीका लागि पनि आफ्ना शेयर सदस्यलाई ऋण लगानी गर्दै आएको छ ।

महिलालाई सङ्गठित गर्दै उनीहरुको विकासका लागि महिलाले नै सञ्चालन गरेको सो कृषि उत्पादक कृषक समूहले साविकको शनिगाउँ गाविसका सहकारी मध्यनमूना सहकारीको रूपमा विकास भइरहेको सचिव जोबना बुढाले बताए । सो संस्थामा अहिले २४८ शेयर सदस्यमध्ये अधिकांश विपन्न परिवार रहेका छन् । ती मध्ये ६८ पुरुष, ६७ महिला, ५८ बालिका र अन्य ५५ ले बालबचत गर्ने गरेका छन् । पुरुष र महिलाले रु १०० बचत गर्ने गरेका छन् भने बालबचत मासिक रु ५० उठाउने गरिएको उनले जानकारी दिए । आफूले नै समूहमार्फत बचत गरेको पैसा सरकारीमा जम्मा गरेर शेयर दस्यहरुले त्यहीँबाट ऋण सहयोग लिएर आयआर्जनको काम गरिरहेका छन् । ऋण प्रवाह गर्दा समूहले सस्तो दिने गरेको सो संस्थाले जनाएको छ ।

स्थानीय तहमा सञ्चालनमा आएका संस्थाले किसानको मागलाई ध्यानमा राख्दै कृषि सहकारी संस्थाले अग्र्यानिक अन्न बालीको बीउ उत्पादनमा जोड दिएको तिला गाउँपालिका–१ मा रहेको समावेशी महिला सहकारी संस्थाका सचिव वसन्ती बस्नेतले जानकारी दिए। अन्यत्रबाट बीउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको यहाँका सहकारी बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।