धनकुटामा पनि कांग्रेसको प्रतिनिधी सभा बिगठनको विरुद्धमा आन्दोलन
धनकुटा । पूर्व घोषित कार्यक्रम अन्र्तगत नेपाली कांग्रेस धनकुटाले पनि आज धनकुटाका सबै वडाहरुमा प्रतिनिधी सभा बिगठनको विरुद्धमा आन्दोलन गरेको छ ।

दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत धनकुटा कांग्रेसले आज जिल्लाका सबै वडामा विरोध गरेको हो । विरोध कार्यक्रमा बोल्दै नेताहरुले वर्तमान ओली सरकारले संविधानको हत्या गरेको बताउँदै कांग्रेसले यो कदमको विरुद्धमा गाउँ गाउँ टोल टोलका नागरिका लाई सरकारकोे असंबैधानिक कदर र रबैया बुझाउन र जानकारी दिन कांग्रेस गाउँ गाउँ आएको बताएका छन् ।
प्रतिनिधी सभा विगठनको व्यावस्था संविधानमा समेत नभएकोले संविधान विरुद्धको कार्य खारेज गर्न समेत माग गर्दे विरोध गरिएको नेताहरुले बताएका छन् ।


