झापा कारागारमा ६० विदेशी कै’दीबन्दी
सुरुङ्गा, ९ माघ । झापामा हुने अ’पराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अ’पराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको छ ।
कारागारको तथ्याङ्कअनुसार तीन महिलासहित ६० जना विदेशी नागरिक झापामा भएका विभिन्न अ’पराधका घटनामा संलग्न भएपछि कैद भुक्तान गरिरहेका छन् । अ’पराधमा संलग्नमध्ये धेरै भारतीय नागरिक छन् । अ’पराधमा संलग्न विदेशी नागरिकमध्ये ला’गुऔषध मु’द्दामा एक महिला र चोरीमा दुई महिलाले जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका छन् ।
करागारमा रहेका ५७ विदेशी पुरुषमध्ये अ’प्राकृतिक मै’थुनसहित खोटा चलन, कीर्ते, अभद्र व्यवहार, डा’का अ’पहरण, ज’वर्जस्ती क’रणी, ला’गुऔषध, क’र्तव्य ज्यान’लगायतका मु’द्दामा जेल जीवन बिताइरहेका छन् । तीमध्ये ला’गुऔषध मुद्दामा मात्रै २१ जनाले सजाय भुक्तान गरिरहेका छन् । त्यस्तै कर्तव्य ज्यान तथा ज्यान क’सुरमा सात, ज’बर्जस्ती क’रणीमा पाँच, अ’पहरणमा पाँच, डा’का मुद्दामा दुई, गौवध मुद्दामा एक, खोटा चलनमा एक, कीर्तेमा दुई, अ’भद्र व्यवहारमा एक र अ’प्राकृतिक मै’थुनका मुद्दामा एक जना गरी ५७ जनाले कैद भुक्तान गरिरहेको जिल्ला कारागारले जनाएको छ ।
क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको झापामा विदेशी नागरिकका लागिसमेत सरकारले रासनपानी व्यहोर्दै आएको छ । जिल्ला कारागारमा अहिले विभिन्न मुद्दामा स्वदेशी र विदेशी गरी एक हजार १९६ जना कैदबन्दीले कैद भुक्तान गरिरहेका छन् । कारगारको तथ्याङ्कअनुसार सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तानी गर्ने छन् । एक जना महिलाले पनि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेकी छिन् । जबर्जस्ती करणी मुद्दामा एक स्वदेशी महिलासहित ३४८ स्वदेशी पुरुष छन् । जसमा पनि २४१ कैदी र १०७ थुनुवा रहेको कारागार स्रोतले जनाएको छ ।
त्यस्तै आठ कैदी र तीन थुनुवा गरी ११ जना विदेशी नागरिक जबर्जस्ती करणी मुद्दामा झापा कारागारमा कैद भुक्तान गरिरहेका छन् । जबर्जस्ती करणीपछि झापा कारागारमा धेरै लागुऔषध मुद्दामा पक्राउ परेकाले कैद भुक्तान गरिरहेका छन् । कारागारको तथ्याङ्कअनुसार आठ कैदी नौ थुनुवा गरी १७ जना स्वदेशी महिला, १२५ कैदी, १५८ थुनुवा गरी १८३ स्वदेशी पुरुष कैद भुक्तान गरिरहेका छन् भने एक विदेशी महिलासहित ११ कैदी र १० थुनुवा गरी २१ जना विदेशी नागरिकले झापा कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
नियमअनुसार नेपालमा आएर गैरकानूनी गतिविधि गर्ने विदेशी नागरिकले नेपालकै कानूनअनुसार सजायको भागिदार हुनुपर्छ । कैद भुक्तानपछि भने राहदानी लाग्ने मुलुकका कैदीलाई नेपालस्थित सम्बन्धित देशका राजदूतावासमार्फत आफ्नो देश फिर्ता पठाउन सकिने प्रावधान छ । रासस


