सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग

काठमाडौं, माघ ९ । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग शुक्रबार भएको छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीले कोटा प्रणाली खारेजीका लागि सहयोग गर्न आग्रह गरेको हो।

महासंघका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी व्यवसायीका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाधरुपमा व्यवसाय सञ्चालनका कोटा बढाउनुपर्ने, निर्यात प्रबद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने, कच्चा सुन प्रशोधन केन्द्र स्थापना गरिनुपर्नेलगायतका विषय कार्यान्वयनका लागि सहयोगको अपेक्षा गरेको बताए।

त्यसक्रममा अध्यक्ष गोल्छाले सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। व्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी व्यवसायीको आग्रहअनुसार त्यसलाई खारेज गर्न महासंघले पहलकदमी लिने विश्वास व्यक्त गरे। आयातित सुन पुनः विदेश नजाओस् भन्नतेर्फ हामी आफैँ सचेत हुनुपर्ने उनको भनाइ थियो।

पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ। केही सयम अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकामा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सीमित गरेको हो। देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनबाट देखिएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।