निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

सिमकोट, माघ १० । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ ।

आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिनुभयो । कार्यालयले माघ १५ देखि २१ गते मतदाता नामावली अद्यावधिक, दाबीविरोध, त्रुटि सच्याउने र दाबी गरी विरोध गरेर हटाउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरिएको थापाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने भएको छ ।b नाम दर्ता अधिकारीको कार्यालय शुक्रबार तथा सार्वजनिक बिदाका दिनमा समेत बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मका लागि खुला रहने छ । निर्वाचन कार्यालय हुम्लाले सातवटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिनुभयो ।

जिल्लाका सात गाउँपालिकाका ४४ वडा रहेको हुम्लामा ५२ मतदान केन्द्र छन् । यो पटक एउटा मदातन केन्द्र थप गर्न माग गरीएकोले स्वीकृत हुने वा नहुनेमा केही जानकारी नभएको बताइएको छ । प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन् । उनीहरूलाई माघ ११ गते तालीम हुन्छ । फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्नेछ । नाम्खा गाउँपालिका ११ मतदान केन्द्र सिमकोटका आठ, खार्पुनाथमा पाँच, सर्केगार्डमा ११, चङ्खेली गाउँपालिका सात, अदानचुलीमा छ र ताजाँकोट गाउँपालिकामा छ मतदान केन्द्र निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयमा १३ दल दर्ता भए पनि हालसम्म पाँच दलमात्रै सक्रिय देखिएका छन् । विसं २०७४ को निर्वाचनमा १३ पार्टी दर्ता भए पनि हाल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदूर किसान पार्टी सक्रिय रहेका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।