पाख्रीवास नगर कमिटीका अध्यक्ष शान्तिराम गौतमलाई पदबाट निलम्वन

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको आन्तरिक द्धन्द धनकुटाका स्थानिय स्तरका सम्वन्धित पार्टीका संगठनमा पनि देखिन थालेको छ ।

केहिदिन अघि सम्म धनकुटामा नेकपा नेता कार्यकर्ता एकै समूहमा रहेको समचार सुन्नमा आएपनि विभाजित नेकपा प्रचण्ड-नेपाल समूहले आज धनकुटाको पाख्रीवास नगर कमिटीका अध्यक्ष शान्तिराम गौतमलाई पदबाट निलम्वन गरेको छ । पार्टीका नगर सचिव मुक्ति वजगाईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली समूह तर्फ लागेको भन्दै गौतमलाई प्रचण्ड-नेपाल समूहको नगर स्तरिय कार्यकर्ता भेलाले नगर कमिटीको अध्यक्ष पदबाट निलम्वन गरेको हो ।

गौतमलाई पदबाट निलम्वन गरिए सँगै अध्यक्ष पद रिक्त रहेको र अव केही दिनमा अध्यक्ष चयन गर्ने सचिव वजगाईले वताउनुभयो । विभाजित नेकपा-प्रचण्ड नेपाल समूहका केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला ईञ्चार्ज हेमराज भण्डारीको प्रमुख आतिथ्यमा सञ्चालित भेलामा १ नं प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठ,जिल्ला सचिवालय सदस्य अर्जुन राई,जिल्ला युवा संघका नेता मनोज राई, पार्टीका जिल्ला सदस्य कृष्ण कटुवाल लगायतको उपस्थिती थियो ।

प्राप्त जानकारी अनुसार हाल पाख्रीवासमा २८ सचिवालय सदस्य मध्ये १४ जना प्रचण्ड नेपाल समूहका छन् भने अन्य ओली समूहका छन् । जननिर्वाचित प्रतिनीधिहरु मध्ये प्रचण्ड-नेपाल समूहमा ४ नं वडाध्यक्ष सोवित निरौला खुलेको सचिव वजगाईले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।