धनकुटाका मेयर तामाङ सहितको टोलीद्वारा माहुरी पालन व्यवसायको अवलोकन
धनकुटा खबर । धनकुटा नगरपालिकाको वडा नं १ बोग्रे बरबोटे टोल मुलाबारीमा माहुरी पालन व्यवसायको अवलोकन गरिएको छ । नगरपालिकाको मेयर चिन्तन तामाङ, उपमेयर सकुन्तला बस्नेत, नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख राम बहादुर थापा, योजना शाखाका प्रमुख सान्तिराम गौतम, वडा सचिव तेज बहादुर थापाको टोलिले माहुरी पालन व्यवसायको सम्भावना तथा फार्मको अवलोकन गरेको हो ।
उनिहरुले मुलाबारीका कृषक रेवत बहादुर आलेको मुलाबारी माहुरी तथा बाख्र फार्म, र दुर्गा बहादुर मगरको पन्चकन्या देवि दुर्गा माहुरी पालन उद्योग र पाख्रीबास नगरपालिका वडा नं ९ मा रहेको सुक्र राइको मजुवा माहुरी उद्योग फार्मको अवलोकन गरेका थिए ।

अवलोकन गरेका कृषकहरुको अहिले रेवत बहादुर आलेको १० घार माहुरी रहेको छ भने त्यस्तै गरी दुर्गा बहादुर मगरको २६ घार माहुरी रहेकाछन् । पाखीबास ९ का कृषक सुक्र बहादुर राइले ८५ घार माहुरी पालन गर्नुभएको छ । नगरपालिकाको वडा नं १ का बोग्रे बरबोटे टोल मुलाबारीमा १५ घर कृषकले माहुरी पालन व्यवसाय गर्दै आएका छन् ।


