धनकुटाको शहिदभूमीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन
धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका पशुशाखा कार्यालयको दोश्रो चौमासिक कार्यक्रम अन्तर्गत गाउँपालिकाको तल्लोभेग १ र २ नं वडाको अखुवाटार, पोखरे लगायत स्थानमा पशु स्वास्थ्य सम्वन्धि एक दिने शिविर सञ्चालन गरिएको छ ।
शिविरमा १ सय २१ घरधुरी किसानका १२ सय २ वाख्रा,गाईगोरु ३ सय ८९, भैसी २९, कुखुरा १६ सय ७२ र ६४ वटा बंगुरको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको पशुशाखा प्रमुख नगेद्र पौडेलले जानकारी दिनुभयो । शिविरमा ३९ वटा कुकुरलाई रेविज रोग विरुद्धको भ्यक्सिन समेत लगाईएको छ ।

ती पशुहरुका लागि नाम्ले जुका,जुम्रा,पखाला सहित पुशुहरुमा लाग्ने विभिन्न रोग तथा महामारी नियन्त्रण गर्ने औषधि वितरण गरिएको थियो । गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईको अध्यक्षतमा भएको शिविर २ नं वडाध्यक्ष रत्न वहादुर राई, कार्यपालिका सदस्य तथा आर्थिक विकास संयोजक कुमार वहादुर सार्की,वडा सदस्य सोम वहादुर मगर, पशु स्वास्थ्य प्राविधिकहरु हरि कुमार राई,दीपक राई, लोकमान राई र वासुदेव वहादुर वास्कोटा लगायतको उपस्थिती थियो ।


