काठमाडौंबाट भेडेटार सम्म पर्यटक बस चल्ने
धनकुटा,१३ माघ । फागुन बाट प्रदेश न १ कै चर्चित पर्यटकीय क्षेत्र भेडेटार र इलाममा पर्यतक बस चल्ने भएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार फागुन पहिलो सातादेखि काठमाडौं–भेडेटार र काठमाडौं–इलाम पर्यटक बस सेवा सञ्चालन हुने भएको हो ।
नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियता र नेपाल पर्यटन बोर्डको पहलमा सञ्चालन हुन लागेको हो ।काठमाडौंबाट भेडेटार सम्म पर्यकट बस चल्ने भए पछि यहाँको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने होटल एसोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनु भयो ।
काठमाडौं–भेडेटार पर्यटक बस सेवा सञ्चालन हुने भएको पछि यहाँका होटल व्यावसायी समेत उत्साहित भएका छन् ।
यो पनि पढ्नुहोस्…
विपन्न विद्यार्थीलाई निःशुल्क स्वीटर
काठमाडौँ, १३ माघ (रासस) :
माघको चिसोमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३८६ विद्यार्थीलाई निःशुल्क ऊनीको स्वीटर वितरण गरिएको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा रहेको चामुण्डा माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क स्वीटर वितरण गरिएको हो । चामुण्डा पूर्वविद्यार्थी मञ्चले आज आयोजना गरेको कार्यक्रममा कक्षा नर्सरीदेखि पाँचसम्म अध्ययन गर्ने ३८६ विद्यार्थीलाई ऊनी स्वीटर वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकसिंह भण्डारीले राससलाई जानकारी दिनुभयो ।
स्वीटर वितरण गर्नुहुँदै वडाध्यक्ष रमेश अर्यालले हातमुख जोर्न समस्या हुने विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा दिनु परोपकारी काम भएको बताउनुभयो । विद्यालयका पूर्वविद्यार्थीले सहयोग जुटाएर न्यानो कपडा वितरण गरिएको मञ्चका पूर्वअध्यक्ष कुमारराज सुवेदीले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्राचार्य यादवप्रसाद पौडेल, समाजसेवी ईश्वर सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारी, मञ्चका अध्यक्ष सुवेदीलगायतले पूर्वविद्यार्थीको समूहले उदाहरणीय काम गरेकाले यस्ता रचनात्मक काम निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय हुनेखाने निजी विद्यालयमा पढ्न थालेपछि सामुदायिक विद्यालयमा विपन्न वर्गका विद्यार्थीमात्र अध्ययन गर्छन् । मजदूरी गरेर सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावका लागि न्यानो कपडा किनिदिन पनि धौधौ परेको देखेपछि मञ्चले पूर्वविद्यार्थीको सहयोग जुटाएर यो रचनात्मक काम गरेको जनाइएको छ ।


