पार्टीको हित विपरित प्रतिगमनमा लाग्ने नगर सचिव सहित सात जनालाई निस्कासन
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा धनकुटा नगर कमीटीको आज बसेको पूर्ण बैठक बाट पार्टीको हित विपरित प्रतिगमनमा लाग्ने नगर सचिव सहित सात जनालाई निस्कासन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा धनकुटा नगर कमीटीका अध्यक्ष अर्जुन छाराहाङको अध्क्षतामा बसेको बैठक बाट प्रतिगमनमा लागेर पार्टीको हित विपरित काम गरेको भन्दै सचिव खगेन्द्र विष्ट सहित सात जनालाई पार्टी बाट निस्कासन गरेको हो । निस्कासनमा पर्नेहरु सुजन भाइ जोसी ,बिनिता श्रेष्ठ ,मनोज श्रेष्ठ ,रेजिना हिङमाङ ,सुमित्रा राई,चन्द्र बहादुर रसाइली,दुर्गा बहादुर राई र ईस्वर थापा रहेकाछन् ।
यता निष्काशनमा परेका सचिव विष्टले भने पार्टीकाे विधानलाई ध्यान नदिई मनाेमानि तरिकाले त्यस्ताे गरिएकाे वताउनुभयाे साथै बैठकले सचिव निस्कासन पछि नयाँ सचिव मनोनयन गरेको छ । नगर कमिटीको नयाँ सचिवमा चन्द्र कृष्ण ठकुरीलाई मनोनय गरेको अध्यक्ष छाराहाङ्घले बताउनु भयो ।
यो पनि पढ्नुहोस्…
२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
काठमाडौँ, १३ माघ (रासस) ः
देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच आज परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन(डिपिआर)तयार पार्ने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बोर्डका उपसचिव एवं सहप्रवक्ता रमेश अधिकारीका अनुसार ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य परियोजना अगाडि बढ्ने भएको छ । सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने ध्येयका साथ बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट सो कम्पनीका तर्फबाट दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ जियाङले हस्ताक्षर गर्नुभयो ।
सिङ्गापुरको राइजन इनर्जीले संयुक्त उपक्रम तयार गरी सो आयोजना अगाडि बढाउन लागेको हो । समझदारीअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा क्रमशः १२५ मेगावाट क्षमताका दरले दुई वटा परियोजना सञ्चालन हुनेछ । सोही परियोजनामा २० मेगावाट दरका थप दुई गरी कूल ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेजसमेत निर्माण हुनेछ ।
समझदारीअनुसार सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र अध्ययन पूरा गरी लगानी बोर्डलाई प्रतिवेदन बुझाउनुपर्नेछ । गत असार ५ गते बसेको बोर्डको ४४ औँ बैठकले उक्त कम्पनीलाई सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न अनुमति दिएको थियो । सो परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना भएको बोर्डका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।


