जुम्ला आ’गलागी पी’डितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आ गलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्ष ति भएकामा दुःख व्यक्त गरेकीछन्।

राष्ट्रपतिले आज अपराह्न ट्विटमार्फत अ ग्निपी डितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनस्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन्।

जुम्लाको गोठीगाउँमा भएको आ गलागीबाट दुइ दर्जनभन्दा बढी घरसहित अन्‍नपात र पशुपंक्षीको क्षति भएको थाहा पाउँदा मलाई दु:ख लागेको छ।अ ग्नीपी डितहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनर्स्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यान आकर्षण गराउँदछु।

जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मंगलबार रातिदेखि लागेको भी षण आ गलागीबाट करिब ३० घर जलेर नष्ट भएका छन्। आ गो नियन्त्रणका लागि सदरमुकामबाट सुरक्षाकर्मी घट्नास्थलमा पुगेपनि अहिले पनि नियन्त्रणमा आएको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवन चौधरीका अनुसार मंगलबार रातीबाट आ गलागी शुरु भएको थियो। आ गलागीको खबर आउनसाथ जिल्लाबाट सुरक्षाकर्मीहरु गएका थिए। सो टोलीले रातीबाटै आगो निभाउने प्रयास गरेको भएपनि फुसका घर भएका कारण आ गो झन सल्केर बढेको थियो।

पानीको अभाव र हावा बढी लागेका कारण आ गो झन फैलिएको थियो। आ गलागीबाट चौपायहरुको मृ त्यु भएको तर मानवीय क्षति भने भएको छैन । अहिले जिल्ला प्रशासन कार्यालयबाट पनि सरकारी अधिकारीहरु त्यहाँ पुग्न लागेको छ। सदरमुकामबाट करिब ३ घण्टाको दुरीमा रहेको सो स्थानमा ५० वटा जति फूसका घरहरु रहेको पनि प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।