इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्छ– मन्त्री गुरुङ

काठमाडौँ, १५ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

सिंहदरबारमा आज इन्टरनेट सेवा प्रदायकहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मुलुकको कुनै पनि भूगोलमा ईन्टरनेट सेवा सहज पहुँच गराउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले इन्टरनेटको सेवाप्रति गुनासो आइरहेको स्मरण गर्दै गाउँगाउँमा ईन्टरनेटको पहुँचलाई प्रभावकारी र सर्वसुलभ बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । यसका लागि आवश्यक सहयोग गर्न सकार तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री गुरुङले डिजिटल फ्रेमवर्क र नागरिक एपको प्रभावकारिताका लागि सबैको पहल जरुरी रहेको बताउनुभयो ।

उहाँले एक अर्कामा आरोप प्रत्यारोपमा नभई सकारात्मक ढङ्गबाट समिक्षा गर्दै अघि बढ्नका लागि पनि यो समन्वय बैठक डाकिएको बताउनुभयो । मन्त्रालयकोतर्फबाट गर्नुपर्ने कामको बारेमा आवश्यक सुझाव दिन पनि मन्त्री गुरुङले आग्रह गर्नुभयो । उहाँले सबै ईन्टरनेट सेवा प्रदायक कम्पनीको अभिलेखिकरण गर्नु आवश्यक भएको औँल्याउनुभयो ।

उहाँले अगामी दिनमा ईन्टरनेट सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न र ग्रामिण क्षेत्रमा सेवा कसरी अघि बढाउन सक्छौँ भन्ने विषमया गम्भिर हुन पनि उहाँले आग्रह गर्नुभयो ।

“ग्रामिण क्षेत्रमा ईन्टरनेटबाटै कसरी शिक्षा लिन सक्छन् भन्नेमा ध्यान दिनुपर्छ, हिमाली र पहाडी क्षेत्रमा बालबालिका शिक्षाबाट बञ्चित भएका छन्, समयमै इन्टरनेट पुर्याउन सके प्रभावकारी हुनेछ, त्यसतर्फ सबैको ध्यान पुगोस्”, मन्त्री गुरुङले भन्नुभयो । उहाँले सेवा प्रभावकारी बनाउन सबै स्थानीय तह, प्रदेश र जिल्ला छुट्याएर क्लष्टर बनाई कार्यविभाजन गरी अघि बढ्ने बताउनुभयो । कुनै पनि भूगोलमा ईन्टरनेट सेवा छैन भन्ने कुरा नआओस् भनेर नै बैठक राखिएको मन्त्री गुरुङको भनाइ थियो ।

सो क्रममा ईन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले समन्वयमा मात्रै समस्या समाधान गर्न सकिने बताउँदै यसका लागि सरकारले दिने सेवा सुविधा बढाउँदै करमा छुट गर्नुपर्नेमा जोड दिनुभएको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।