चौबीसकोठीमा ६५ फिट अग्लो झण्डा

चितवन, १७ माघ (रासस) ः जिल्लाको मुख्य चोक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ । शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले झण्डा फहराएका हुन् ।

हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र रोट्¥याक्ट क्लब अफ मिड टाउनको सहआयोजनामा चोकको बीचभागमा रहेको आइल्याडमा झण्डोत्तोलन गरिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारीले झण्डोत्तलन गर्दै युवाले आइल्यान्ड संरक्षण गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । हेल्प फर ह्यापिनेस संस्थाका अध्यक्ष नवीन तिवारीले भरतपुरको मुख्य स्थल चौबिसकोठीमा राष्ट्रिय झण्डा फहराउँदा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले आइल्याण्डको सरसफाइ र सुन्दरताको काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने सो चोकबाट पश्चिम चितवन र वाइपास सडकतर्फ जाने सडक जोडिएका छन् । सो ठाउँमा गोलो आइल्याण्ड बनाएर पानीका फोहोरा, स्तम्भ र बगैँचा बनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।