असंवैधानिक कदमको बिरुद्द बाइक र्यालीका साथ वि’रोधसभा सम्पन्न

धनकुटा,माघ १९ । नेपाल तरुण दल धनकुटा लगायत अन्य भातृ संस्थाले सरकारको असंवैधानिक कदमको बिरुद्दमा बाइक र्यालीका साथ विरोधसभा धनकुटामा आज सम्पन्न गरेको छ । विरोध सभामा सरकार अधिनायकवाद तर्फ उन्मुख भएको कारण नेपाली कांग्रेस सडकमा ओर्लन परेको प्रमुख अतिथि नेपाली कांग्रेस धनकुटाका सभापति अग्नि पौडेलले बताउनुभयो ।

नेपाली कांग्रेसको भातृ संस्थाको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले भन्नुभयो-नेपाली कांग्रेसले विभिन्न कालखण्डमा निरंकुस व्यवस्थाको विरुध्दामा आन्दोलन गर्दै आएको र फेरि एकपटक कम्युनिष्टहरुको अधिनायकवादको विरुध्दामा कांग्रेस सडकमा आएको बताउनु भयो ।नेपालमा जुनसुकै खालको निरंकुशता र अधिनायकवादको विरुध्दामा नेपाली कांग्रेसले कहिल्यै सम्झौता नगरेको र यो कम्युनिष्ट सरकारको असवैंधानिक कदममा समेत कांग्रेसले कुनैपनि सम्झौता नगर्ने सचिव राईले बताउनु भयो ।

सभामा धनकुटा नगरपालिका वडा नं ९ बाट नेकपा परित्याग गरि दर्जन बढि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।प्रवेस गर्नेहरुमा सुकदिप चाम्लिङ,सोम राई,नमुनेस भुजेल,अशोक राई,सागर तामाङ्ग,शुसान राई,मनोज मगर,दिपेन मगर,सबल घिमिरे लगायत रहेका छन् ।त्यसैगरि महालक्ष्मी नगरपालिका वडा नं ४ चानुवाबाट नेकपाबाट निर्वाचित पुर्व वडा सदस्य दिप नारायण पौडेल,गणेश श्रेष्ठ धनकुटा नगरपालिका वडा नं ५ बाट राष्ट्रिय जनता समाजवादी पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।

विरोध सभामा नेपाल शिक्षक संघ १ नम्बर प्रदेशका उपाध्यक्ष गंगाराम ढुङ्गाना,नेपाल महिला संघका पुर्व केन्द्रीय सदस्य टिकादेवि भण्डारी,नेपाल महिला संघका उप-सभापति अम्बिका धमला,नेपाल आदिवासी जनजाती संघका सभापति श्रीकृष्ण प्रधान,नेपाल दलित संघका सभापति शिव वि.क.,नेपाल किसान संघका सचिव लेखनाथ पौडेल लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

विरोध सभाको स्वागत मन्तब्य नेपाल तरुण दलका अध्यक्ष दिनेश राईले गर्नु भएको थियो । नेपाल महिला संघ धनकुटाका सभापति लिला सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नेपाल तरुण दलका सचिव नरेन्द्र राईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।