कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर, १९ माघ (रासस) ः राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६० र एक लाख नौ हजार ३१२ जनाले २.८१ देखि ३.२० जिपिए(स्तरीकृत अङ्क) ल्याएका छन् ।

त्यसैगरी ५२ हजार ४२७ जनाले २.०१ देखि २.४०, सात हजार १६४ जनाले १.६१ देखि २.०, ३३३ जनाले १.२१ देखि १.६०, चार जनाले ०.८१ देखि १.२० र १८ हजार ८८९ जनाले ० देखि ०.८० स्तरीकृत अङ्क ल्याएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ तीन लाख १० हजार ३१६ र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल चार लाख ३३ हजार २७१ जना सहभागी थिए । आंशिकतर्फ एक जनाको परीक्षा रद्द गरिनाका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगन गरिएको छ । आंशिकतर्फ २५ हजार २८८ विद्यार्थी उतीर्ण भएका छन् ।

बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिकाभन्दा ढिला गरी मङ्सिर र सङ्क्रमित परीक्षार्थीको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अङ्क प्राप्त नभएका परीक्षार्थीको सम्बन्धित विषयको परीक्षाफल स्थगन गरिएको अर्यालले जानकारी दिनुभयो । परीक्षा स्थगन भएका परीक्षार्थीको विवरण बोर्डको बेबसाइटमा हेर्न सकिने छ ।

त वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोभिड– १९ का कारण पूर्णाङ्क घटाएर गत मङ्सिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा ४० प्रतिशत पूर्णाङ्कको मात्र थियो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको बोर्डले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।