फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक श’ल्यक्रिया
काठमाडौँ, २१ माघ (रासस) : नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क श ल्यक्रिया गरिएको छ ।
लामो समयदेखि दायाँ खुट्टामा चो ट बोक्नुभएका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको श ल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । श ल्यक्रियापछि उहाँको अवस्था सामान्य रहेको छ । लामाको केही दिनमै फिजियोथेरापी गरिने छ ।
घुँडामा चो ट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने श ल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ । मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । उहाँ प्रशिक्षणका क्रममा घा इते हुनुभएको थियो । एन्फाले कतार फुटबल सङ्घसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन् ।


