प्रथम धरान–२० खुल्ला महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक विष्णुपादुका महिला एफसीलाई

हिराराज राई, धनकुटा । सुनसरीको धरान उपमहानगरपालिका–२०, विष्णुपादुकास्थित शिरिसे खेलमैदानमा विष्णु सांस्कृतिक युवा क्लबद्वारा आयोजित प्रथम धरान–२० खुल्ला महिला नकआउट फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

असोज २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको फाइनल खेल निर्धारित समयमा बराबरीमा सकिएपछि निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा आयोजक विष्णुपादुका महिला फुटबल क्लबले रेवाहाङ फेयर फुटबल क्लबलाई ४–३ ले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।

प्रतियोगिताको विजेता विष्णुपादुका महिला फुटबल क्लबले नगद रु. ५० हजार २ सय ८३, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता रेवाहाङ फेयर फुटबल क्लबले नगद रु. ३० हजार २ सय ८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

फाइनल खेलकी उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) विष्णुपादुका महिला फुटबल क्लबकी बिद्या राई घोषित भइन्। उनले नगद रु. १ हजार ५ सय प्राप्त गरिन्।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो। सर्वोत्कृष्ट गोलरक्षकको पुरस्कार विष्णुपादुका महिला एफसीकी शुसिला चौधरी, सर्वोत्कृष्ट डिफेन्डरको पुरस्कार रेवाहाङ फेयर एफसीकी कमला श्रेष्ठ, सर्वोत्कृष्ट मिडफिल्डरको पुरस्कार विष्णुपादुका महिला एफसीकी सिम्रन राई, सर्वोत्कृष्ट गोलकर्ताको पुरस्कार विष्णुपादुका महिला एफसीकी समीक्षा मगर, सर्वोत्कृष्ट टिम कोचको पुरस्कार विष्णुपादुका महिला एफसीका मन्दिप राई तथा प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीको पुरस्कार विष्णुपादुका महिला एफसीकी प्रजिता राईले प्राप्त गरे। सर्वोत्कृष्ट खेलाडीले नगद रु. ३ हजार ५ सय र अन्य विधाका विजेताले रु. २ हजार ५ सयका दरले नगद पुरस्कार प्राप्त गरेका थिए।

विष्णु सांस्कृतिक युवा क्लबका अध्यक्ष विजय तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आईन्द्र बिक्रम बेघा प्रमुख अतिथि रहेका थिए। त्यसैगरी धरान–२० का वडाध्यक्ष पदम बहादुर लिम्बु विशिष्ट अतिथिसँगै किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य मोहनकुमार हुक्पा चोङ्बाङ र धरान–२० का पूर्व वडाध्यक्ष मणिराम राई विशेष अतिथि अनि गायक तथा संगीतकार विजय वाम्बुले राई र राष्ट्रिय खेलाडी मिलन चाम्लिङ राईसँगै अन्य अतिथिका रूपमा सहभागी भएका थिए।

महिला फुटबलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले स्थानीय स्तरमा महिला फुटबल प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ। प्रतियोगिताभर खेलप्रेमी दर्शकहरूको उत्साहजनक उपस्थितिले खेललाई थप रोमाञ्चक बनाएको थियो। आयोजकले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र बृहत् रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖