मनाइयो नेपाल–क्यानाडा दौत्य सम्बन्धको वर्षगाँठ

काठमाडाैं। हालै नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा डा प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको सङ्घले जनाएको छ ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालको क्यानडालगायत देशसँग व्यापार वाणिज्य विस्तारसम्बन्धी तथा ग्यास सञ्चालनमा सचेतता सम्बन्धबारे जानकारी दिए राष्ट्रियसभाका सदस्य कोमल वलीले दुई देशबीचको सम्बन्ध प्रगाढ रहिआएको उल्लेख गर्दै आगामी दिनमा अझै विस्तार भएर जाने विश्वास व्यक्त गरे।

कार्यक्रममा पूर्वराजदूत शम्भुराम सिंखडालगायत अन्य वक्ताहरूले प्रविधिको विकासले दुई देशहरु भौगोलिकरूपमा जतिसुकै टाढा रहे पनि एक आपसी सम्बन्धमा दूरीले फरक नपार्ने तथा क्यानडामा नेपालीहरूले सुरक्षितरूपमा जीवनयापन गर्न पाएकोप्रति धन्यवाद व्यक्त गरिए गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बुद्धिजीवी, प्राध्यापक, कलाकार, पत्रकारलगायत संस्थाका पदाधिकारीको उपस्थिति थियो।

आयोजक संस्थाले वर्षगाँठको अवसरमा दुई देशबीचको सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यले सो संस्थाका उपाध्यक्ष प्रा डा गोपाल पोखरेलले सम्पादन गर्नुभएको ‘सोभेनर’ नामक जर्नलसमेत विमोचन गराएको थियो । सो कार्यक्रम सधँै जनवरी १८ तारिखमा मनाउने गरिए पनि यसपटक भने प्राविधिक कारणले जनवरी ३० तारिखमा मात्र मनाइएको अध्यक्ष खड्काले जानकारी दिए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।