राना थारु समुदायले अधिकारको ल’डाइँ अगाडि बढाउने

कञ्चनपुर, २१ माघ । दुई दशक अघिदेखिको लामो सङ्घर्षपछि अलग्गै आदिवासी जनजातिको पहिचान पाएका कैलाली र कञ्चनपुरका राना थारु समुदायले अधिकारको लडाइँ अगाडि बढाउने भएका छन् । छुट्टै आदिवासी जनजातिको सूचीमा सूचीकृत भएका राना थारु समुदायले राज्यका हरेक क्षेत्रमा पहुँच पु¥याउन सरकारसँग माग गरेका छन् । सूचीकृत भएर मात्रै नपुग्ने भएकाले हरेक क्षेत्रमा आरक्षण दिइनुपर्ने राना थारु समुदायका अगुवाको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, आवाससँगै रोजगारीका हरेक क्षेत्रमा राना थारु समुदायको पहुँच पु¥याउनुपर्ने नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताउनुभयो । राना थारु सूचीकृत भएको अवसरमा कञ्चनपुरको कृष्णपुरमा आयोजित प्रथम राना थारू सूचीकृत दिवसका अवसरमा बोल्दै उहाँले राना थारूका लागि आरक्षण कोटा र विभिन्न आन्दोलनमा ज्यान गुमाएका राना थारू समुदायका व्यक्तिलाई शहीद घोषणा गरिनुपर्ने बताउनुभयो ।

सूचीकृतपछि भाषा सूचीकरणसँगै शब्दकोष निर्माण र ब्याकरण निर्माणको कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो । “आउँदो जनगणनामा छुट्टै रुपमा राना थारु समुदायको जनगणना हुने भएको छ, यो उपलब्धि हो”, उहाँले भन्नुभयो, “अन्य क्षेत्रमा समेत पहुँच पुग्नुपर्दछ ।”

गत वर्ष माघ २० गते सरकारले रानाथारु समुदायलाई छुट्टै पहिचान दिई आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेपछि पहिलो पटक दिवश मनाइएको हो । कार्यक्रममा बोल्दै विघटित प्रतिनिधिसभाका सांसद नारदमुनी रानाले लामो सङ्घर्ष र बलिदानबाट रानाथारू समुदाय आदिवासी जनजातिका रूपमा अलग्गै सूचीकृत भएको बताउनुभयो । “सूचीकृतका रुपमा अधिकारको लडाइँ लड्ने हतियार पाएका छौं”, उहाँले भन्नुभयो, “रोजगारी र आरक्षणको लडाइँका लागि सबैको एकताबद्धताको खाँचो छ, यसका लागि सबैको प्रतिबद्धताको आवश्यकता छ ।”

सुदूरपश्चिम प्रदेशसभा सदस्य श्यामलाल रानाले जातीय पहिचान जोगाउने संस्कृति संरक्षणको कार्य अगाडि बढाइनुपर्ने बताउनुभयो । राना थारु समुदायको पहिचानको मुद्दालाई निष्कर्षमा पु¥याउनका लागि राजनीतिक, सांस्कृतिक, प्रशासनिक, न्यायिक र शैक्षिक क्षेत्रमा पहुँच पुग्नुपर्ने उहाँले बताउनुभयो ।

यी मुद्दालाई निष्कर्षमा पु¥याउनका लागि राजनीतिक स्वार्थ भन्दा माथि उठेर कार्य गर्नुपर्ने उहाँको भनाइ छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले भाषा जोगाए मात्रै पहिचान जोगिने भएकाले राना थारु समुदायको भाषालाई लिपिबद्ध गर्नका लागि नगरपालिकाबाट बजेटको व्यवस्था मिलाइएको बताउनुभयो । बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।

नगर उपप्रमुख रमिता राना बडायकले राजनीतिक क्षेत्रमा लाग्ने अगुवा हराउँदै जान थालेकाले खोज्नुपर्ने बेला आएको बताउनुभयो । शहीद भीमदत्त पन्तसँगै किसान आन्दोलनमा ज्यान गुमाएका कैदु राना र साधु राना, नन्दलाल रानालाई शहीद घोषणा गर्न माग गरिएको छ । यसैगरी दश वर्षे जनयुद्धमा राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा सहभागी भई ज्यान गुमाएका विलाप राना, सुरेश राना, हापु राना, सर्जुन राना, गन्नु राना, दल्ला राना, कल्लु राना, फुल्टु राना, अनिता राना, लोहरा राना, देशराज राना र मङ्गल रानालाई समेत शहीद घोषण गर्न माग गरिएको छ ।

विसं २०६२÷६३ को जनआन्दोलनमा ज्यान गुमाएका होरिलाल रानालाई यसअघि नै सरकारले शहीद घोषणा गरिसकेको छ । कैलाली र कञ्चनपुरमा तीन लाख ३० हजार बढी राना थारु समुदायको जनसङ्ख्या छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।