मन्त्रालयको आवश्यक सहयोग र समन्वय हुन्छ – मन्त्री ज्ञवाली

काठमाडौँ, २१ माघ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभामा निर्वाचन पर्यवेक्षण व्यवस्थापनलगायतका विषयमा प्रदीपकुमार ज्ञवालीसँग परामर्श गरेको छ ।

उहाँसँग निर्वाचन पर्यवेक्षण गर्न कूटनीतिक नियोग, अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थालाई अनुरोध गर्ने तथा त्यस्ता नियोग र संस्थाबाट समग्र निर्वाचन कार्यसहित मतदानको दिनकोसमेत पर्यवेक्षण गराउन आवश्यक समन्वय गर्नेलगायतका विषयमा छलफल भएको आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिनुुभयो ।

निर्वाचन आयोग ऐनमा कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित काम कारवाहीको पर्यवेक्षण गर्नका लागि आयोगले अनुमति दिनसक्ने व्यवस्था छ । सरकारले आगामी वैशाख १७ र २७ गते दुुई चरणमा निर्वाचन गर्नेगरी डेढ महिनाअघि नै मतदानका लागि मिति घोषणा गरिसकेको छ ।

सो अवसरमा मन्त्री ज्ञवालीले निर्वाचन पर्यवेक्षणमा आउने सार्क राष्ट्रसहित अन्य राष्ट्र र अन्तरराष्ट्रिय सङ्घसंस्थाका पर्यवेक्षकसँग सम्पर्क अधिकृतका रुपमा खटिने परराष्ट्र सेवाका कर्मचारी खटनपटन, समन्वय र सहयोग हुने प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका लागि भइरहेका व्यवस्थापकीय कार्यका बारे जानकारी गराउँदै निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न गराउन आयोग प्रतिबद्ध छ भन्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयताका लागि अन्तरराष्ट्रिय मान्यतासमेत आवश्यक रहेकाले उपयुक्त वातावरण तयार गर्न परराष्ट्र मन्त्रालयसँग सहयोग, समन्वय हुन आवश्यक छ ।”

छलफलमा निर्वाचनको अनुगमन तथा पर्यवेक्षण गर्न आयोगबाट तर्जुमा गरिने कार्यविधिका सैद्धान्तिक एवं व्यावहारिक पक्षमा समेत छलफल भएको आयोगले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।