बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न “जनतालाई किन दुःख दिनुप¥यो ?”

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोध्नुभएको छ ।

नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुप¥यो ?” भनी प्रश्न गर्नुभएको हो । उहाँले जनताले बन्द नभई निर्वाचन चाहेको बताउनुभयो ।

“बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्”, उहाँले भन्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाउनुभयो । उहाँले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र ‘समृद्ध नेपाल, र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने दाबी गर्नुभयो ।

उहाँले सबै जिल्लामा सुकुम्बासी आयोग गठन भइसकाले काम अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुकुम्बासीको समस्या समाधन नगर्दा देशको समस्या समाधान हँुदैन । तपाईहरुको समस्या समाधान नगर्दा जनताको उद्देश्य पूरा हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले सरकार आफ्नो उद्देश्यमा असफल हुन तयार छैन । सुकुम्बासीको समस्या समाधान हुन्छ ।”

“पार्टीमा एउटा शुद्धीकरण हुनै पर्दथ्यो । तपाई सबैले देख्नुभयो । पार्टी पार्टी जस्तो थियो र ? पार्टी झैँ चलेको थियो र ? पार्टी जस्तै चलेकै थिएन ?” उहाँको भनाइ रहेको थियो, “पार्टी पार्टी जस्तो नचलेकाले एउटा किनारा लाग्नुपर्ने थियो । त्यो आफ्नै ढङ्गले किनारा लाग्यो ।” (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।