नेपाली कांग्रेस नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान धनकुटा शाखाको आयोजना एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा,माघ २२ । नेपाली कांग्रेस धनकुटको समन्वय तथा नेपाली कांग्रेस नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान धनकुटा शाखाको आयोजना आज एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमको उद्घाटन पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापाले गर्दै नेपाली कांग्रेस सुदृढ र सशक्त बनाउन प्रशिक्षण कार्यक्रम फलदायी हुने वताउनु भयो ।

त्यस्तै केन्द्रिय सदस्य कल्याण गुरुङ्ग,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,प्रदेश सभा सांसद लिला सुब्बा लगायतले अव नेपाली कांग्रेसले गाउ गाउबाट नया ढंगबााट संगठन गर्ने वताउनु भयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल,राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द्र पोखरेल,नेपाली कांग्रेस गरीखान देउका सिओ राजु नेपाल,नेपाली कांग्रेस निति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य रामजी कोङरेन, लगायतले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।

नेपाली कांग्रेस निती तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका धनकुटा संयोजक नविन किशोर शाक्यको अध्यक्षमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको स्वागत मन्तव्य सहसंयोजक निर्मल ओझाले गर्नु भएको थियो , भने कार्यक्रमको संचालन प्रतिष्ठान सचिव रमेश इवाहाङ्गले गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेल,संविधान सभा सदस्य अञ्जना ताम्ली नेपाली कांग्रेस आदिवासी जनजाती विभागका केन्द्रिय सदस्य आनन्द सन्तोषी राई,सचिवहरु विजय सन्तोषी राई,रविन्द्र नेपाली,सहसचिव सिता श्रेष्ठ, कोषाध्यक्ष दिनेश राई,क्षेत्रिय सभापति जितेन्द्र राई,धनकुटा नगर सभापति रोशन श्रेष्ठ,महालक्ष्मी नगरपालिका सभापति ध्र्रुव राय, सहिदभूमी गापालिका सभापति तिर्थ राई,सागुरीगढी गाउपालिका सभापति दिपक मगर,छथरजोरपार्टीका सभापति छत्र सुब्बा,चौविसे गाउपालिका सभापति बिजु राई,नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,महासचिव अर्थ राम कुमारी भण्डारी लगायत जिल्ला सदस्यहरु क्षेत्रिय समितिका पदाधिकारी पालिका समितिका पदाधिकारहिरु वडा सभापतिहरु र भातृ तथा शुभेच्छुक संस्थाहरुका सभापतिहरुको सहभागीता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖