अरुको गाडी ज’लाएर आफू गाडी चढेर जनताले दुःख पाएको ‘तमासा’ हेर्दै हिँडे : प्रधानमन्त्री

काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताउनुभएको छ ।

अखिल नेपाल किसान सङ्गठनले आज आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले भन्नुभयो, “गरीबको तरकारी फ्याँकेर उहाँहरुले महान् आन्दोलन सफल पार्नुभयो । एउटी बूढी आमाले डोकामा ल्याएको टमाटर सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाउनुभयोे ।”

अध्यक्ष दाहाल र नेपालले अरुको गाडी जलाएर आफू गाडी चढेर जनताले दुःख पाएको ‘तमासा’ हेर्दै हिँडेको उल्लेख गर्दै भन्नुभयो, “एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो ।”

ओलीको भनाई थियो, “उहाँहरु आक्रमक ढङ्गले आउनु हुन्छ । नियम तोड्न खोज्नु हुन्छ । धाकधक्कु लगाउनुहुन्छ । नियय र कानून मान्दिन भन्नुहुन्छ । प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी नायब उपरीक्षक (एसपी) लाई हप्कीदप्की गर्नु हुन्छ । यो गलत हो । म आग्रह गर्न चाहान्छु कि तपाईँहरु कानूनको पालना गर्नुहोस् । राष्ट्रसेवकलाई हप्कीदक्पी नगर्नुृहोस् ।”

किसानका समस्या समाधान गर्नेमा सरकार गम्भीरतापूर्वक लागेको उहाँको भनाइ छ । पार्टी अब आन्तरिकरुपमा सुदृढ हुँदै शुद्धीकरण र विस्तारित हुने उहाँको भनाइ छ । अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी किसान आन्दोलनको जगमा अडिएको बताउँदै पार्टी प्रतिबन्ध भएको अवस्थामा किसान महासङ्घ र विद्यार्थीबाट नै पार्टीका काम गरिएकोे स्मरण गर्नुभयो ।

किसान आन्दोलन नै परिवर्तनको खम्बा रहेको भन्दै उहाँले यसले सामाजिक जागरण र परिवर्तनका लागि संवाहकका रुपमा काम गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले जमीनको सदुपयोग गरी खाली ठाउँ हुन नदिने आग्रह गर्दै त्यसका लागि केही नभए मेवा, खुर्सानी र केरा रोप्न आग्रह गर्दै किसानले कृषिसँगै राजनीतिक जागरणलाई देशव्यापीरुपमा अगाडि बढाउनु पर्छ भन्नुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।