खरको छानोमुक्त जिल्ला बनाउने अभियान शुरु

दिलकुमार लिम्बू/फुङ्लिङ, २३ माघ । ताप्लेजुङलाई खरको छानोमुक्त जिल्ला बनाउने भएको छ । आर्थिक अभावका कारण खरको छानोमुनि बस्न बाध्य भएको जिल्लावासीलाई राहतका लागि यहाँका स्थानीय तहले खरको छानोमुक्त अभियान चलाउने प्रक्रिया शुरु गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत यहाँका एक हजार ८१८ खरको छानो विस्थापित गरेर नयाँ जस्तापाताको छानो लगाउने भएको हो ।

फक्ताङलुङ गाउँपालिकाले २४५ घरपरिवारका लागि ग्लोबल आइएमई बैंकमा खाता खोल्न र सम्झौता गर्न आउन सूचना आह्वान गरेको गाउँपालिकाका सूचना अधिकारी जयप्रकाश रिजालले बताउनुभयो । माघ महिनाभित्र सम्झौता गरिसक्नुपर्ने र त्यसपछि मात्र पहिलो किस्ताका लागि प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार गाउँपालिकामा रहेका खरको छानोयुक्त घरको लगत सङ्कलनपछि वडा समितिको निर्णयानुसार सिफारिस भई आएका घरधुरीलाई जस्तापाता उपलब्ध गराउने लगायतका काम गर्नेछ । खरको छानो प्रतिस्थापन कार्यक्रमका लागि शहरी विकास भवन निर्माण विभागले चालु आर्थिक वर्षमा रु एक करोड २२ लाख ५० हजार बजेट विनियोजन भएको छ । कार्यपालिका बैठकले कार्यक्रमका लागि अपुग बजेट अर्को आवमा व्यवस्था गरेर भए पनि खरको छानोमुक्त गाउँपालिका बनाउने निर्णय गरेको सूचना अधिकारी रिजालले जानकारी दिनुभयो । खरको छानो प्रतिस्थापन कार्यक्रमका लागि जस्तापाता खरिद गर्न प्रतिघरपरिवार रु ५० हजारका दरले अनुदान पाउने बताइएको छ ।

त्यस्तै शहरी विकास भवन निर्माण विभागले खरको छानो प्रतिस्थापन कार्यक्रमअन्तर्गत आठराई त्रिवेणी गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा रु एक करोड ६० लाख ५० हजार बजेट विनियोजन गरेको छ । खरको छानो प्रतिस्थापन कार्यक्रमका लागि जस्तापाता खरिद गर्न प्रतिघरपरिवार रु ५० हजारका दरले रकम प्राप्त गरिने गाउँपालिकाले जनाएको छ । उक्त रकमबाट सो गाउँपालिकाका २१३ घरपरिवारको खरको छानो प्रतिस्थापन हुने बताइएको छ । खरको छानोमुक्त गाउँपालिका बनाउने कार्यक्रमअन्तर्गत गाउँपालिकाले पनि चालु आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका सबइञ्जिनीयर यज्ञश्वर पोखरेलले बताउनुभयो ।

विभागले खरको छानो प्रतिस्थापन कार्यक्रमअन्तर्गत मैवाखोला गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा रु ८७ लाख बजेट विनियोजन गरेको छ । सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७४ घर जस्तापाताले छाउने योजना स्वीकृत भएको छ । तीमध्ये ३० घरपरिवारले खरको छानो प्रतिस्थापन गरी जस्तापाताले छाइसकेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी चालु आर्थिक वर्षमा खरको छानो प्रतिस्थापन कार्यक्रमअन्तर्गत फुङ्लिङ नगरपालिकाका लागि रु ९५ लाख, सिरिजङ्घा गाउँपालिकाका लागि रु ८३ लाख ५० हजार, सिदिङ्वा गाउँपालिकाका लागि रु एक करोड ४५ हजार, पाथिभरा याङ्वरक गाउँपालिकाका लागि रु एक करोड तथा मेरिङ्देन गाउँपालिकाका लागि रु ९४ लाख बजेट विनियोजन भएको विभागले जनाएको छ ।

सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा फुङ्लिङ नगरपालिकामा १७४ घर, सरिजङ्घा गाउँपालिकामा १६७, सिदिङ्वा गाउँपालिकामा २९०, पाथिभरा याङ्वरक गाउँपालिकामा २०० र मेरिङ्देन गाउँपालिकामा १८८ घरपरिवारको छाना जस्तापाताले छाउने योजना रहेको बताइएको छ ।

ती स्थानीय तहमा अझै पनि ठूलो सङ्ख्यामा खरको छानो भएका घरहरू छन् । पछिल्लो कार्यपालिका बैठकबाट खरको छानो भएका स्थानीयवासीलाई जस्तापाताको ओतमा ल्याउने निर्णय गरेको हो ।

स्थानीय तहभित्रका निम्न वर्गका परिवार, जो टिन लगाउन नसकी खरको छानामुनि बसिराख्नुपरेको छ, तिनलाई लक्षित गर्ने अभियान शुरु गर्न थालिएको ती स्थानीतहले जनाएको छ । खरको छानो हुँदा आ गलागी हुने जो खिम पनि धेरै भएकाले स्थानीयवासीलाई सुरक्षित बसोवासमा सहयोग गर्न अभियानको थालनी गर्न लागिएको ती स्थानीय तहको भनाइ छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।