सबै पार्टी एक भएर आन्दोलनमा जानु पर्छ : डा. बाबुराम भट्टराई

धनकुटा,२४ माघ । प्रधानमन्त्री केपी शर्माओलीले अहिलेको परिवर्तन पहिला देखि नै नचाहेकाले संसद विघठन गरेर यो व्यावस्था लाई तहसनहस बनाएको जनता समाजवादी पाटीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भटटराईले बताउनु भएको छ ।

धनकुटामा आज जनता समाजवादी पाटीले आयोजना गरेको बिरोध कार्यक्रमा बोल्दै नेता भटटराईले यस्तो बताउँनु भएको हो । साथै उहाँले संविधानको रक्षा र यो व्यवस्थाको रक्षाका लागि कांग्रेस दाहाल नेपाल नेकपा र नता समाजवादी पाटी सबै एक भएर आन्दोलन गर्नू पर्ने समेत बताउँनु भयो सथै उहाँले केपी ओली जनताको छोरो भएको र राजा महाराजाको जस्तो गल्ती गर्छन् भन्ने विश्वास नभएकोले तर उनको प्रवृतिमा निरंकुशता देखिएको समेत डा.भट्राईको भनाई थियो ।

साथै कार्यक्रमा बोल्दै पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलेओलीको निर्वाचन गराउने चाँहना नभएको भन्दै अधिनायक बादी सरकार अब धरै दिन नटिक्ने बताउँनु भयो । उहाँले भन्नु भयो ओलीले निर्वाचन गराउँछन् भन्नु झन ठूलो गल्ती हुने बताउँनु भयो । त्यस्तै पुर्व मन्त्री रकम चेम्जोगले आफू संसद र मन्त्री हुदाँ धनकुटाको विकासमा महत्वपूर्ण भूमिका खेलेको भए पनि त्यस पछिका जनप्रतिनिधीले धनकुटाको विकासका लागि उल्लेखीय योगदान नगरेको आरोप लगाउँनु भयो । त्यस्तै प्रदेश सभा संसद आरसी तुम्वाले सविधानको रक्षा गर्दै अन्य अधिकार लाई संविधान लाई उल्लेख गर्नु पर्ने बताउँनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।