केपीले संघीयता ध्वस्त पार्न जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेको
धनकुटा । जनता समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले केपीले संघीयता ध्वस्त पार्न जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो । प्रतिनिधि सभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि नै ‘कु’गर्न खोजेको यादवको आरोप थियो ।
केपी ओलीको कुनै पहिचान नभएको चर्चा गर्दै हाल सर्वोच्च अदालतमा वहसमा रहेको संसद पूर्नस्थापनाको मद्धामा सर्वोच्च अदालत नै जानुन तर संसद पूर्नस्थापना भएनभने सवैभन्दाठूलो जनताको अदालतले नै संसद पूर्नस्थापनागर्ने उहाले बताउनुभयो ।
उहाले केपी ओलीको कदम संघियता र धर्मनिरपेक्षता र परिवर्तनको उपलव्धीहरुलाई मास्दै संविधान नै मास्नलागिपरेको आरोप समेत लगाउनुभयो । यसैगरि सोहीपार्टीका केन्द्रीय सदस्यएवं पूर्व मन्त्री रकम चेम्जोङ्गले केपी ओलीको कदम असम्वैधानिक भएको चर्चा गर्दै प्रतिनिधी सभाविघटन गर्ने कदम धर्मनिरपेक्षताको अपमान र अग्रगमनलाई रोक्ने काम भएको वताउनुभयो ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष वलवहादुर राईको अध्यक्षतामा सम्पन्न विरोध सभामा सो पार्टीका केन्द्रीय सदस्य पर्शुरामवस्नेत, प्रदेश सभासद रामचन्द्र तुम्वा लगायतकाले वोल्नुभएको थियो । कार्यक्रममा विभिन्नपाटी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्नेलाई डाभटराई र उपेन्द्र यादवल गायतले टिकालागएर स्वागत गर्नुभएको थियो ।


