चौथो खुल्ला नकआउट पुरुष फुटवल प्रतियोगिताको उपाधि शिर्जनशील युवा क्लव सागुरीगढी ८ लाई
धनकुटा । धनकुटाको सहिदभुमी गाँउपालिका वडा नं १ मा सरस्वती यूवा क्लबद्धारा आयोजित चौथो खुल्ला नकआउट पुरुष फुटवल प्रतियोगिताको उपाधि शिर्जनशील युवा क्लव सागुरीगढी ८ ले जितेको छ ।
सरस्वती पूजाको अवसरमा गत माघ २२ गतेदेखी सञ्चालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा दानवारी फुटवल क्लव वुढीमोरङ सँग भिडेको उस्ले ट्राईव्रेकर सुटआउटमा ५ ४ गोल अन्तरले उपाधि जितेको हो ।
जित सँगै र्सिजनशिलले नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पुरस्कार हात पारेको छ । दोश्रो भएको दानवारी फुटवल क्लव वुढीमोरङले नगद २० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त वुझाएको छ ।
खेल समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद निरन राइ र कार्यक्रमका विशिष्ट अतिथि नेपाल कम्यूनिष्ट पार्टी नेकपा प्रदेश १ सदस्य तथा धनकुटा निर्वाचन क्षेत्र नं २ का इन्र्चाज गणेश राई उज्वल लगायत अतिथिहरुले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।


