प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन, पूर्वसभामुख नेम्वाङद्वारा उद्घाटन

काठमाडौं। नेकपाको विदेशस्थित भ्रातृ सङ्गठनका रूपमा परिचित प्रवासी नेपाली एकता मञ्च बेलायत सङ्गठनको पुनर्गठन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली समर्थित समूहले गरेको विशेष राष्ट्रिय भेलाबाट भक्त गुरुङलाई अध्यक्ष चयन गरिएको छ।

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले एक सय २५ (हाल ९९ सदस्य र पछि बाँकी थप्ने गरी) सदस्य केन्द्रिय कार्यसमिति गठन गरेको मञ्चका पूर्वअध्यक्ष रामशरण सिंखडाले जानकारी दिए।

बेलायतका अन्य विभिन्न क्षेत्रलाई समेत समेटेर हाललाई पाँच क्षेत्रीय समिति रहने गरी बनाइएको राष्ट्रिय समितिले केही समयपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै जाने बताइएको छ। यसरी गठित क्षेत्रीय समितिको अध्यक्षमा मिडल्याण्डबाट तारानाथ भण्डारी, साउथ इष्टबाट केदार थपलिया, नर्थवेस्टबाट अर्जुन चापागाईं, साउथ वेष्टबाट रामकुमार गुरुङ र स्कटल्याण्डबाट जोनी पहारी रहेका छन्।

१२ जना उपाध्यक्ष रहने गरी गठन गरिएको समितिको अध्यक्ष गुरुङ पूर्वएमालेका तर्फबाट र महासचिवमा पूर्वमाओवादीका तर्फबाट रूपमा सुरेशजङ्ग शाह रहेका छन्। यसअघि अध्यक्ष रहेका राजेन्द्र पुडासैनी संस्थागत मूल्यमान्यता भुलेर प्रचण्ड–माधव नेपालको समूहको गलत नीतिको वकालत गर्दै हिँडेपछि मञ्चको पुनर्गठन गर्नुपरेको वक्ताको भनाइ थियो।

कार्यक्रममा यो नै बेलायतको आधिकारिक सङ्गठन रहेको जनाइएको छ। आइतबार सम्पन्न उक्त कार्यक्रमको आधिकारिकरुपमा उद्घाटन गर्दै पूर्वसभामुख सुवास नेम्वाङले देश अब निर्वाचनमय भइसकेको र यसका लागि निर्वाचन आयोगले काम गरिरहेको बताए।

कार्यक्रममा गृहमन्त्री थापाले जनताले निर्वाचित गरी पठाएको सरकार प्रमुखलाई आफ्नै पार्टीका केही व्यक्तिले अविश्वासको प्रस्ताव पेश गरेर अपदस्थ गर्न लागेपछि प्रधानमन्त्रीले यो कदम चाल्नुभएको र अब हुन गइरहेको चुनावमा गलत विचार बोक्नेलाई परास्त गराउने बताए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।