८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगिता शूरु

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं १ लामेचौर खेलमैदानमा आजदेखी ८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगिता शूरु भएको छ ।

मितेरी युवा क्लवको आयोजनामा सञ्चालित प्रतियोगिताको १ नं प्रदेश सभा सदस्य निरन राईले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा अजम्वरी युवा क्लव सागुरीगढीले र ५-४ गोल अन्तरले मितेरी युवा क्लव शहिदभूमी १ लाई पराजित गरेको छ ।

धनकुटा र सुनसरीका जम्मा २४ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजयी टिमले नगद ७५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद ३५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पाउने छ । प्रतियोगिता उद्घाटनको त्रममा वोल्दै प्रदेश सभा सदस्य राईले खेल मैदान स्तरोन्नती तथा व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले खेल मैदानमा निर्माण गरिएको कार्यक्रम स्थलको पनि उद्घाटन गर्नुभएको थियो ।

प्रतिगोगिता आयोजक क्लवका अध्यक्ष दुर्गा वहादुर खड्काले खेलमैदान निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारको तर्फबाट ८ लाख, गाउँपालिकाको ३ लाख, आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकार मार्फत २० लाख, गाउँपालिकाको २ लाख र वडा नं १ वडा कार्यलय मार्फत ५० हजार अहिले सम्म जम्मा ३३ लाख ५० हजारमा खेलमैदान तथा खेलमैदानमा कार्यक्रम सञ्चालनका लागि स्टेज निर्माण गरिएको जानकारी गराउनुभएको छ ।

माघ ३० गते सम्म सञ्चालन हुने प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई,वडाध्यक्ष वम वहादुर राई,पौवादुम्मा गाउँपालि भोजपुरका अध्यक्ष किरण राई,नेकपा शहिदभूमी गाउँ कमिटी अध्यक्ष निर वहादुर राई लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।