ढल व्यवस्थापन नहुँदा भोजपुर बजार क्षेत्र दुर्गन्धित

भोजपुर, २७ माघ । ढलको व्यवस्थापन नहुँदा भोजपुर बजार क्षेत्रको पूर्व तर्फको भाग दुर्गन्धित बनेको छ ।

सेफ्टिट्याङ्कीको उचित व्यवस्थापनमा स्थानीय बजारवासीले बेवास्ता गरेपछि बाटोमा हिँड्ने बटुवा, विद्यार्थी र दलितबस्तीलाई ढलको दुर्गन्धले सास्ती दिएको हो ।

भोजपुर नगरपालिका– ७ र ९ का करीब ५० घरबाट निस्कने उक्त ढल बगेपछि स्थानीय दलितबस्तीलाई दुर्गन्धित बनाएको हो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने ढलको दुर्गन्धले दैनिक जीवनयापन गर्न समस्या भएको स्थानीयवासी गोविन्द सुन्दासले बताउनुभयो । ‘‘घरमा बसिसक्ने अवस्था छैन, ढलको दुर्गन्धले घरबन्द गर्नुपर्ने अवस्था छ’’, उहाँले भन्नुभयो, ‘‘स्थानीय बजारवासीको लापवाहीका कारण बगेको ढलको दुर्गन्धमा कति बस्ने, कसैले चासो नै दिँदैनन् ।’’

एक घर एक सेफ्टिट्याङ्कीको अवधारणा अनुरुप सेफ्टिट्याङेकी राख्नुपर्ने भए पनि उक्त ५० घरको ढल एउटै सेफ्टिट्याङ्कीमा मिसाइएको छ । उक्त साँधुरो सामूहिक सेफ्टिट््याङ्कीमा जम्मा भएको फोहर पानी र दूषित बस्तु भरिएपछि खोल्सा हुँदै बग्न थालेपछि दुर्गन्धित बनेको हो । दुर्गन्धले सार्वजनिक पैदलबाटोमा हिँड्ने विद्यार्थी र बटुवालाई झन सास्ती दिएको छ । नाक थुनेर पनि बसि नसक्ने अवस्थाले स्वास्थ्यमा गम्भिर असर पुग्ने स्थानीयवासी माया श्रेष्ठले बताउनुभयो ।

उक्त बगिरहेको दुर्गन्धित ढल व्यवस्थापनका लागि निवेदन गरिए पनि कुनै पहल नभएको स्थानीयवासी रञ्जित राईले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले दुर्गन्ध फैलाइरहेको ढल व्यवस्थापनको विषयमा नगरपालिकामा निवेदन ग¥यौँ, कुनै ठोस प्रतिक्रिया आएको छैन, ढल उपभोक्ता समितिलाई पनि बोलाएर स्थलगत अध्ययन गर्दा पनि उनीहरुले वास्तै गरेनन्, अहिले यस्तो अवस्था भोग्न बाध्य भएका छौँ ।”

यता नगरपालिकाले पनि स्थानीय बजारवासीकै लापारवाहीका कारण दुर्गन्धको स्थिति पैदा भएको जनाएको छ । बजारवासीलाई ‘एक घर एक सेफ्टिट्याकी’ बनाउन प्रतिबद्धताका गराई दुईवर्ष अघि खुला दिशामुक्त नगर घोषणा गर्ने अभियानमा सहयोग पु¥याउन नगरपालिकाले सामूहिक सेफ्टिट्याकीं बनाउन सहयोग गरेको थियो । सो घोषणा अभियानपछि पनि स्थानीयवासीले आ–आफ्नो सेफ्टिट्याङ्की बनाउन अटेरीपन देखाएपछि यो समस्या आएको नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिल्यै प्रतिबद्धता गरायौँ तर अहिलेसम्म एउटा सेफ्टिट्याङ्की बनाएनन्, भएको उक्त सामूहिक सेफ्टिट्याङ्कीको पनि सदुपयोग नगर्दा दुर्गन्ध फैलिएको छ, ढल उपभोक्ता समितिकै कमजोरी छ । ’’

यता ढल उपभोक्ता समितिले ढल व्यवस्थापनमा नगरपालिकाले वास्ता नगरेको बताएको छ । उपभोक्ता समितिका सदस्य रामचन्द्र श्रेष्ठले भन्नुभयो, ‘‘हामीले तत्कालका लागि एक घर एक सेफ्टिट्याङ्की बनाउन नसकेपछि ढलको समस्या लिएर हामी पटकपटक नगरपालिका धायौँ तर कुनै प्रतिक्रिया आएन, हामी पनि यो समस्या भोग्न बाध्य छौँ ।’’ (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।