राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विवरण सङ्कलन सँगसँगै

बनेपा, २८ माघ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सञ्चालन गरेको अभियानअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा पनि आगामी फागुन पहिलो सातादेखि सो अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले सरकारले सबै नेपाली नागरिकको डिजिटल पहिचान स्थापित गर्ने गरी राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्ने गरी सञ्चालन गरिएको अभियानअन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला २१औँ नम्बरमा रहेको बताउनुभयो ।

अहिलेसम्ममा पाँच वटा जिल्लामा अभियान सम्पन्न गरिसकेको र सातै वटा प्रदेशका १५ वटा जिल्लामा एकैसाथ अभियान चलिरहेको उहाँले बताउनुभयो । ‘‘सतहत्तर जिल्लामध्ये २१औँ जिल्लाको रुपमा काभ्रेपलाञ्चोक जिल्ला परेको छ’’ उहाँले भन्नुभयो, “सबै जिल्ला प्रशासन कार्यालयबाट विवरण दर्ता गर्ने काम गरिरहेकै अवस्थामा ती कार्यालयबाट मात्रै विवरण दर्ता गर्न वर्षौं समय लाग्ने भएकाले एक पटकको लागि देशैभरिका सबै वडा कार्यालयभित्रका नागरिकलाई पायक गर्ने टोलटोलमा पुगेर विवण सङ्कलन गर्ने ध्येयका साथ अभियानलाई अगाडि बढाइराखेका छौँ ।”

राष्ट्रिय परिचयपत्र भोलिका दिनमा असाध्यै महत्वपूर्ण विवरण हुने भएकाले यो अभियान टोलटोलमा पुगेको बेलामा कुनै पनि नागरिकलाई नछुटाई विवरण दिन उहाँले आग्रह गर्नुभयो । सबै विवरण त्यही पत्रको आधारमा गर्ने सरकारको योजना रहेकाले पछि सेवा लिने क्रममा राष्ट्रिय परिचयपत्र नभएको अवस्थामा सेवा सुविधा रोकिने अवस्था हुने भएकाले सबै नागरिकले आफ्नो विवरण टिपाउने काममा सहयोग गर्न स्थानीय तहलाई आग्रहसमेत गर्नुभयो ।
भोलिको दिनमा राज्यले राष्ट्रिय परिचयपत्र लागू गरिसकेपछि सो पचियपत्रबिना कुनै पनि काम नहुने अवस्था हुने भएकाले सबै नागरिकले सो परिचयपत्र बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । परिचयपत्रको लागि राज्यले ठूलो लगानी गरी राज्यले अहिले करीब एक हजार जना जनशक्ति गरिचालन गरिरेहको बताउनुभयो ।

अभियान दोहोरिएर गाउँमा नजाने भएकाले एक पटक आएको अवसरलाई उचित रुपमा सदुपयोग गर्न र सञ्चालन भएको अभियानमा सबै चिजको सुरक्षा व्यवस्था कायम गर्न उहाँले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो । सो अभियानसँगै व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमलाई पनि सञ्चालन गरिने भएको उहाँले बताउनुभयो । अहिले सञ्चालन भएको अभियानअन्तर्गत साँढे दुई महिनाभित्रमा दुई लाख विवरण सङ्कलन गर्ने राज्यको लक्ष्य रहेको उहाँको भनाइ छ ।

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले राज्यसँग नागरिकको पूर्ण विवरण हुने भएकाले त्यसको लागि राष्ट्रिय परिचयपत्र महत्वपूर्ण बनेको बताउनुभयो । अहिले सञ्चालन भएको अभियानलाई सम्पन्न गर्नको लागि सबै स्थानीय तहहरु पूर्ण रुपमा सक्रिय भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।