पीएम रोजगार कार्यक्रम : बैतडीमा चार हजारले पाए रोजगारी

बैतडी । देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन्।

स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन्। छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ। बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ ले रोजगारी पाउने भएका छन्।

गाउँपालिकामा चार हजार २०० ले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए। उनले भने, “उक्त कार्यक्रमका लागि रु चार करोड ३३ लाख निकासा भएको छ।”

जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७६२ छनोट भएका छन्। पाटनमा सात हजार आवेदन परेको थियो। पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु तीन करोड ९६ लाख बजेट निकासा भएको छ।

यस्तै मेलौली नगरपालिकामा आवेदन दिएका एक हजार २४ मध्ये २७१ छनोट भएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मेलौलीमा रु एक करोड ४४ लाख निकासा भएको छ। यस्तै दशरथचन्द नगरपालिकामा एक हजार ६८२ ले आवेदन दिएकामा ४०० ले रोजगारी पाउने भएका छन्। दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि रु दुई करोड बजेट निकासा भएको छ।

डिलाशैनी गाउँपालिकामा ३३४ ले रोजगारी पाउने भएका छन्। यसका लागि रु एक करोड ७२ लाख ६८ हजार निकासा भएको छ। यस्तै रु एक करोड ३९ लाख ५७ हजारको निकासा भएको दोगडाकेदार गाउँपालिकामा २७० ले रोजगारी पाउने भएका छन्। पञ्चेश्वर गाउँपालिकामा ५३८ प्रधानमन्त्री रोजागार कार्यक्रमअन्तर्गत छनोट भएका छन्।

सिगास गाउँपालिकामा ४५१ ले रोजगारी पाउने छन् । यहाँ रु दुई करोड १५ लाख ८६ हजार निकासा भएको छ । शिवनाथ गाउँपालिकामा ४२३ ले रोजगारी पाउने छन् भने रु दुई करोड १८ लाख बजेट निकासा भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही पालिकाले काम शुरु गरिसकेका छन् भने केही पालिकाले योजना छनोट गरिरहेको जनाइएको छ। कोरोना भाइरसका कारण रोजगार गुमाएर जीविकोपार्जनमा समस्या भएका नागरिकलाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिइएको स्थानीय तहहरुले जनाएका छन्।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।