हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

फुङ्लिङ। ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो। लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए।

बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए। हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो। विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिएका छन्।

गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँगाउँमै स्वास्थ्य सेवाको पहुँच बढाउँदै लकेको छ। समुदायले आफ्नै गाउँपालिकाभित्र स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्यचौकीमा आवश्यक उपकरण जोड्दै गएको हो।

गत सातादेखि फक्ताङलुङ–५ तापेथोकमा पहिलोपटक प्रयोगशाला, गर्भवती महिलाको पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्थालाई बुझ्नका लागि भिडियो एक्सरे सेवा शुरु गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए।

मान्छेको संवेदनशील अङ्ग मुटुको स्वास्थ्य अवस्थाको परीक्षण गर्नका लागि इसिजी सेवा गत हप्तादेखि शुरु भएको उनले जानकारी दिए। जिल्ला अस्पतालमा पाउने स्वास्थ्य सेवा गाउँपापलिकामै दिन लागेको गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए।

विगतका दिनमा भिडियो एक्सेर, इसिजी र प्रयोगशालको प्रयोग गर्न सदरमुकामसम्म पुग्नुपथ्र्यो। गाउँपालिकाले एक चिकित्सक करार सेवामा लिएर गुणस्तरीय सेवा दिइरहेको प्रवक्ता लामाले बताए। आफ्नै गाउँमा भिडियो एक्सेर, इसिजी र प्रयोगशाला सेवा लिन पाउने भएपछि खुशी भएको स्थानीयवासी पूर्णकुमारी लिम्बूले बताए ।

फक्ताङलुङ गाउँपालिकाको जनसङ्ख्या १४ हजार ८८४ रहेको छ। सातवटा स्वास्थ्यचौकी र आठ सामुदायिक स्वास्थ्य एकाइबाट गाउँपालिकाले स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖