नेपाल, पुन र झांक्री भोली धनकुटा आउने

धनकुटा,३० माघ । संसद बिघटनको बिरुद्ध भोलि नेपाल कम्यूनिष्ट पाटी (नेकपा) प्रचण्ड–नेपाल समुहले धनकुटामा आयोजना गर्ने लागेको विरोध सभा लाई सम्बोधन गर्ने पुर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष माधवकुमार नेपाल, पुर्वमन्त्री एवं नेकपा स्थायी समिती सदस्य बर्षमान पुन, चर्चित महिला नेत्री एवं केन्द्रीय सदस्य रामकुमारी झांक्री लगायत अन्य केन्द्रीय नेताहरु धनकुटा आउनु हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्माओलीले संसदविघठनको सिफारिस गरे पछि व्यावहारीक रुपमा विभाजित भएको नेकपाले देश व्यापी रुपमा संसद विघठनको पक्ष र विपक्षमा आन्दोलन गर्दे आएको छ । यस अघि केपी ओली पक्ष नेकपाले माघ ३ गते गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यामा धनकुटामा संसद विघठनको पक्षमा धनकुटामा सभा गरि सकेको छ ।

यो पनि पढ्नुहोस्…

पूर्वमा प्रभाव बढाउने प्रचण्ड–नेपाल समूहको कसरत, तीन जिल्लाका सभालाई अध्यक्ष नेपालले सम्बोधन गर्ने

काठमाडौं,प्रतिनिधि सभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शनिबारदेखि पूर्वका जिल्लामा विरोध कार्यक्रम राखेको छ।

शनिबार धनकुटामा, आइतबार तेह्रथुममा र सोमबार सुनसरीमा विरोध कार्यक्रम राखिएको नेकपाले जनाएको छ। तीनै जिल्लाका कार्यक्रमलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दैछन्।

कार्यक्रममा अध्यक्ष नेपालसहित स्थायी समिति सदस्य वर्षमान पुन, स्थायी समिति सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य विष्णु रिजाल लगायतका नेताहरुले सम्बोधन गर्ने तय भएको नेकपाले जनाएको छ।

प्रधानमनत्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ। प्रधानमन्त्रीको कदमविरुद्ध सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल पक्षले माघ ९ र २८ गते काठमाडौंमा, माघ १५ गते बुटवल, माघ १६ गते विराटनगर र १७ गते धनगढीमा बृहत विरोध सभा गरिसकेको छ।

केही ठूला सभापछि नेकपा जिल्ला केन्द्रित विरोध सभा तथा भेला प्रशिक्षण कार्यक्रम गर्न लागेको हो। नेकपाले पूर्वका जिल्लामा आफ्नो प्रभाव बढाउनेगरी प्रधानमन्त्रीको कदम विरुद्ध जिल्लास्तरीय प्रदर्शनमा उत्रिन लागेको हो।

प्रदेश १ का तीन जिल्लामा हुने विरोध सभा जनसमर्थन आफूतिर तान्न केन्द्रित हुने नेकपाले बताएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।