भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीया किशोरी भट्टको ब लात्कारपछि ह त्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि याली तथा कोणसभा गरेको हो ।

कोणसभामा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले सरकारले भट्टको ह त्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताउनुभयो । नेपाल महिला सङ्घका महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने ब लात्कार र ह त्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताए ।

भट्टलगायत आजसम्म ब लात्कार र हत्या मा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्तर खबरदारी गर्ने सङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । पद्मकन्या क्याम्पसबाट शुरु भएको विरोध ¥याली पुतलीसडक घुमेर पुन पद्मकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।