प्रवासी नेपाली एकता मञ्च पोर्चुगलमा लिम्बू

भगवान गिरी, पोर्चुगल, ३ फागुन (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य डा राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको भर्चुअल विशेष भेलाको उद्घाटन कार्यक्रममा उहाँले राजनीतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च युरोपका पूर्वउप संयोजक पुष्पराज तिमिल्सिनाले प्रवासी नेपालीको समस्यामा केन्द्रित भएर लाग्नुपर्ने बताउनुभयो । नेपालमा पछिल्लो समय प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनसँगै नेकपामा देखिएको विवाद देखिएपछि विभिन्न कमिटी दुई भागमा विभाजन हुन थालेका छन् । यसै क्रममा प्रधानमन्त्रीको कदमलाई स्वागत गर्दै राष्ट्रिय नयाँ समिति विस्तार गरिएको छ ।

मदन लिम्बूको संयोजकत्वमा १२५ सदस्यीय विस्तारित कमिटी चयन गरिएको छ । गठित कमिटीको उपाध्यक्षमा राजाराम लामिछाने, अमृत रिजाल, धनिराम पौडेल, एस तिमिल्सिना र दयासागर लामिछाने, महासचिवमा दीपक खत्री, उपमहासचिवमा मिलन रेग्मी र एस अधिकारी सचिवमा पि गिरी, शिवसागर बुढाथोकी, राजेन्द्रप्रसाद डुम्रे, यानी कँडेल, सुदीप विश्वकर्मा र विक्रम रिमाल रहनुभएको छ ।

कोषाध्यक्षमा एस शर्मा, सहकोषाध्यक्षमा अनिता केसी र नविन थापा, अलेन्तेजो इञ्चार्जमा धर्मराज बराल तथा आल्गार्भ इञ्चार्जमा चक्रपाणि बस्याल चयन हुनुभएको छ । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता भएको भर्चुअल बैठकमा प्रवासी नेपाली एकता मञ्च स्पेनका अध्यक्ष हेम शेर्पा, बेलायतका अध्यक्ष भक्त गुरुङ, अमेरिकाका अध्यक्ष प्रभु थापा, अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, कतारका अध्यक्ष चानक पोखरेल, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका महासचिव हेमराज सुवेदी, प्रवासी नेपाली ल मञ्च पोर्चुगल पूर्वअध्यक्षहरु बालाराम विक, बलराम पाठक र सुभाषचन्द्र अधिकारी तथा मदन भण्डारी स्पोट्र्स एकेडेमी पोर्चुगलका अध्यक्ष अमृत रिजालले नवगठित कमिटीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।