असम्बैधानिक कदमको बिरुद्द धनकुटामा पनि यसरी गरियो प्रदर्शन

धनकुटा,फागुन ३ । मुख तथा टाउकोमा कालो पट्टी बाधेर नेपाली कांग्रेसले आज धनकुटा सहित जिल्लाभरी असंबैधानिक कदमको विरुद्ध प्रर्दशन गरको छ ।

धनकुटाको पार्टी कार्यालयबाट सडकमा निस्केकर प्रर्दशन गर्दै नेकपाको सरकारले गरेको असंवैधानिक कदमको विरुद्ध धनकुटा कांग्रेसले प्रर्दशन गरेको हो । कोलो पट्टी बाधेर विरोध प्रर्दशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल,प्रदेश सभा सांसद लिला सुब्बा, जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राईले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस सडकमा आएको वताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, विकास प्रधान ,सचिव रविन्द्र नेपाली,सहसचिव सिता श्रेष्ठ जिल्ला सदस्यहरु निर्मला ओझा,ज्ञानु गुरुङ्ग,खेम पौडेल,विष्णु पौडेल, महोन वान्तवा, टिका भण्डारी,नेपालधन राई,सुमना तिम्सिना,रमेश राई,रमेश ईवाहाङ्ग,राजेन्द्र पौडेल,पृती राई,हर्कसिह राई,क्षेत्रिय सभापति जितेन्द्र राइ,कोषाध्यक्ष निरुपा राई,पालिका सभापतिहरु रोशन श्रेष्ठ,छत्र सुब्बा,तिर्थ राई,दिपक मगर,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोङ्ग,नेविसंघ धनकुटका अध्यक्ष बालानन्द दाहला,नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत,आदिवासी जनजाती संघ धनकुटका अध्यक्ष श्रीकृष्ण प्रधान ,कृष्ण थापा,मिन कार्की,निमल थापा,सन्तोष मानन्धर लगायत सवै कांग्रेजनहरुले मुखमा कालो पट्टी बाधेर प्रर्दशन गर्नु भएको थियो ।

धनकुटा जिल्लाभरीनै कांग्रेसले मुखमा,टाउकोमा,हातमा कालो पट्टी बाधेर असंवैधानिक कदमको विरुद्ध प्रर्दशन गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

नेपाली कांग्रेस धनकुटाले नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री शंकर भण्डारीको प्रमुख आथित्यमा फाल्गुण ५ गते विहान ११ बजे जिल्ला पाटी कार्यालयमा र फाल्गुण ६ गते विहान ११ बजे पूर्व मन्त्री तथा सहमहामन्त्री सुनिल थापालको प्रमुख आथित्यमा गरीखाने देउ अभियानको प्रशिक्षण कार्यक्रम जिल्ला पार्टी कार्यालय धनकुटामा गर्ने जिल्ला सचिव राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।