‘शहीदको सपना पूरा गर्छौँ ’ : मुख्यमन्त्री राई

मोरङ, ७ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश नं १ सरकारद्वारा ७१ औँ राट्रिय प्रजातन्त्र दिवस–२०७७ को उपलक्ष्यमा आज यहाँ आयोजित समारोहमा मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री राईले २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानीयाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता प्राप्ति गरेको ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र दिवश मनाइरहेका स्मरण गर्नुभयो ।

“संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र स्वाभिमान अझ माथी उठाउँदै, त्यसलाई सबल र सुदृढ गर्दै नवनेपाल निर्माणको ऐतिहासिक अभिभारा बोकेर, विशाल एवं फराकिलो यात्रामा सहभागी भइरहेका छौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री राईले मुलुक यतिबेला विकास र आर्थिक समृद्धिको नयाँ युगमा छ भन्दै प्रदेश आवधिक योजनाको तर्जुमा गरी स्वच्छ, सुखी र समुन्नत प्रदेशको अवधारणासहित राष्ट्रिय आकांक्षामा आबद्ध भएको बताउनुभयो ।

मुख्यमन्त्री राईले मुलुकमा पटकपटकका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर पहिलो पटक सङ्घीय ढाँचामा आधारित शासन प्रणाली अबलम्वन गरिएको चर्चा गर्नुभयो । उहाँले सङ्घीय सरकारसँगको समन्वयमा यस प्रदेशमा सबै जनताबीच कोरोनाविरुद्धको खोप प¥याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गरी प्रदेश संरचना कमजोर बनाउने उद्देश्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावलाई ल्याइएको तर्क गर्नुभयो ।

कार्यक्रमा प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी)को उपस्थिती थियो । सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सम्मान अर्पण गरेको थियो । प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा झण्डोत्तोलन गर्नुभएको थियो ।

यसैगरी आज बिहान ट्राफिक चोकबाट निस्केको प्रभातफेरी सन्सारीमाई, रोडशेष चोकको परिक्रमा गरी मुख्यमन्त्री कार्यालयमा आयोजित सभामा परिणत भएको थियो । प्रभातफेरीमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतलगायत राज्यमन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्य, सङ्घीय तथा प्रदेश कार्यालयका कर्मचारी सुरक्षाकर्मीको सहभागिता थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।