बन्धन सिमेन्टद्वारा ठेकेदारहरुको लागी रु ५ लाखको दुर्घटना विमा

विराटनगर । बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले विराटनगरमा बन्धन मेसन मीट २०७७ कार्यक्रम सम्पन्न गरेको छ । निर्माण सम्बन्धी कार्य गर्ने ठेकेदारहरूको भेला गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

सिमेन्टको बारेमा जानकारी दिन आयोजित उक्त कार्यक्रममा बन्धन सिमेन्टको तर्फबाट कार्यक्रममा सहभागी ठेकेदारहरूको रु ५ लाख सम्मको दुर्घटना जीवन बिमा समेत गरिएको थियो । बिमाको लागि कम्पनीले शिखर इन्स्योरेन्ससँग सम्झौता गरेको जानकारी दिइएको छ ।

कार्यक्रममा सहभागीहरूकाे त्यतीबेलै बिमा गराउने व्यवस्था गरिएको थियो भने कार्यक्रममा उपस्थितले अन्य समयमा पनि बिमा कम्पनीमा सम्पर्क गर्न सक्ने प्रावधान मिलाइएको जानकारी दिइएको थियो ।कार्यक्रममा नविल बैङ्कले निःशुल्क खाता खोली २ जीवी इन्टरनेट डाटा ब्याक दिएको थियो भने एनसीएलको तर्फबाट निःशुल्क सिम कार्ड वितरण गरेको थियो ।

कार्यक्रममा निर्माण कार्य गर्दा ध्यान दिनु पर्ने कुराहरूको बारेमा र सिमेन्टको गुणस्तरको बारेमा सन्देश दिइएको थियो । कम्पनीको तर्फबाटअखिलेश कुमार सिंहले सिमेन्टको प्राविधिक पक्षको विषयमा जानकारी दिएका थिए । उनले बन्धन सिमेन्ट निकै मसिनो रहेको, जर्मन प्रविधिको प्रयोग गरिएको र ल्याबको निरन्तर जाँचबाट स्तरीय उत्पादन गर्न सफल रहेको जानकारी दिएका थिए । उनले पीपीसी ओपीसी पीएससीको बारेमा जानकारी दिँदै सबै प्रकारका सिमेन्टमा बन्धन उत्कृष्ट रहेको दाबी गरे ।

कार्यक्रममा श्री कृष्ण लुइँटेल बोकेदारिले साङ्गीतिक प्रस्तुति गरेका थिए । यस्तै पारस थापाले क्यारीकेचर मार्फत मनोरञ्जन गराएका थिए । कम्पनीले विराटनगर पछि दमक हुँदै बिर्तामोड इटहरी लगायत ठाउँमा पनि कार्यक्रमलाई निरन्तरता दिने बन्धन सिमेन्टका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।