पत्रकार महासंघ युरोपको एकै दिन समानान्तर अधिवेशन

पोर्चुगल। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन्। नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता नभएकोले तत्काल समस्या देखिए पनि राजनीतिक दलहरु आपसी छलफल गरी निचोडमा छिट्टै पुग्ने विश्वास व्यक्त गरे।

उनले सरकार र पत्रकारबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै महासङ्घको नयाँ नेतृत्वसँग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बेल्जियम, जर्मनी, डेनमार्क र फ्रान्सका लागि नेपाली राजदूतहरू राजदूत गेहेन्द्र राजभण्डारी, रामकाजी खडका, युवनाथ लम्साल र दीपक अधिकारी, पत्रकार महासङ्घका केन्द्रीय सचिव लक्ष्मी पुन, गैरआवासीय नेपाली सङ्घका केन्द्रीय महासचिव डा हेमराज शर्मा, एनआरएनए युरोप संयोजक नारायण आर्चाय, नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगी तथा प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौलाले अधिवेशन सफलताको शुभकामना दिएका थिए।

अमगाईं समूहको पनि छुट्टै अधिवेशन

युरोप शाखाका कार्यवाहक अध्यक्ष डिल्लीराम अमगाईं समूहले पनि समानान्तर शाखाको चौथो अधिवेशन गरेको छ। अमगाईंले केजिन राई समूहले महासङ्घको विधि विधान मिचेर एकलौटी ढङ्गले महासङ्घ चलाउन खोजेको भन्दै विवाद चुलिएकाले छुट्टै अधिवेशन गर्नुपरेको बताए।

अधिवेशन उद्घाटन कार्यक्रममा बिबिसी नेपाली सेवाका पूर्व पत्रकार योगीले समाज परिवर्तनमा अहम् भूमिका खेल्ने पत्रकारहरू विभाजित हुँदा समाजमा सकारात्मक सन्देश नजाने बताउँदै चौथो अधिवेशन एकताको अधिवेशन हुनुपर्नेमा जोड दिए।

अधिवेशनमा वरिष्ठ पत्रकार एवं विश्लेषक नरेन्द्रजङ्ग पिटरले विश्वकै विकसित युरोपेली मुलुकमा पुग्दा पनि हाम्रो विभाजित मानसिकतालाई हामीले अध्यागमन विभागमा छाडेर जान नसक्नु ठूलो बिडम्वना हो भने। उनले प्रवासमा भएका नेपाली पत्रकारहरुले युरोपेली मुलुकहरुको राजनीतिक संरचना र विकासको संरचनाका बारेमा अध्ययन गर्दै रिपोर्टिङ गर्नुपर्नेमा आफैँ विभाजित भएर छुट्टाछुट्टै अधिवेशन गर्न नहुने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, महासङ्घ पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस युनियन युरोपका अध्यक्ष सञ्जय कँडेल, एनआरएनए युरोप संयोजक नारायण आचार्य, एनआरएन केन्द्रीय सदस्य सुवास जोशी, बेल्जियमका महासचिव तीर्थराज धमला, जनसम्पर्क समिति बेल्जियमका सभापति सीता सापकोटा, जन प्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, मोर्चा पोर्चुगल अध्यक्ष पूर्ण विश्वकर्मा, नेपाली समाज बेल्जियमका अध्यक्ष नेत्र मगर र युरोप पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै युरोप शाखामा देखिएको समस्या छिटोभन्दा छिटो हल हुनेमा विश्वास व्यक्त गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।