हिमपातबाट बन्द विद्यालय सञ्चालनमा

फुङ्लिङ, ९ फागुन । हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो । हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले जानकारी दिनुभयो ।

विस्तारै मौसम राम्रो हँुदै गएपछि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयमा ३२ विद्यार्थी अध्ययनरत छन् ।

यस्तै फक्ताङलुङ गाउँपालिका– ६ घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० उच्चाइमा पर्दछ । घुन्सामा हिमपात हुन शुरु भएसँगै घुन्सा आधारभू्त विद्यालय गत पुसको पहिलो हप्तामै बन्द भएको थियो । सो विद्यालय यही फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिनुभयो । विद्यालयमा ४२ विद्यार्थी अध्यायनरत रहेका छन् ।

अझै स्थापना भएन बैँक

सेञ्चुरी बैंकले मिक्वाखोला गाउँपालिकामा शाखा कार्यालय स्थापना नगर्दा नगरिकले एउटा योजना सम्पन गर्न पाँच पटकसम्म सदरमुका पुग्नुपर्ने सास्ती खेप्दै आएका छन् ।

नेपाल बैंकले २०७४ सालको असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा शाखा कार्यालय स्थापना गर्ने परिपत्र गरेको थियो । यसै अनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापन गरेर आर्थिक कारोवार गर्दै आएको छ ।

सेन्चुरी बैंकलाई मिक्वाखोलामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरेको थियो । अहिलेसम्म बैंकले शाखा स्थापना गरेको छैन । गाउँपालिकामा आर्थिक कारोवार नहँुदा ताप्लेजुङ सदरमुकाम जानु परेकोे मिक्मवाखोलाका लेखा अधिकत प्रशान्त भट्टराइले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाई भएको छ । तलब निकासा गर्न सदरमुकाम चेक बोकेर पुग्नुपर्दछ ।” सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाईसमेत समस्या परेको छ । केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोवारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंक मार्फत गर्नुपर्ने निर्देशन दिएको छ । गाउँपालिकामा बैंकले नहँुदा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लगायतका आर्थिक कारोवारमा समस्या हुर्दै आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले धेरै पटक सञ्चुरी बैंकलाई गाउँपालिकामा शाखा विस्तार गर्न अनुरोध गरौं । विभिन्न बाहाना गर्दै आएको छ ।” बैंक शाखा स्थापन नगरेपछि एउटा योजनाको लागि सम्झौता गर्न गाउँदेखि पालिकाको कार्यालयसम्म आउनुपर्ने हुन्छ । गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गरेर खाता खोल्न सदरमुकाम जानुपर्ने हुन्छ । सदमुकाममा खाता खोलेर योजनाको पेस्की रकमको चेक लिन फेरि फर्किइ गाउँपालिकाको कार्यालयमा पग्नुपर्दछ ।

योजना सम्पन हुँदा कम्तीमा पाँच पटक सदरमुकाम पुग्नुपर्दछ । मिक्वाखोलादेखि सदरमुकाम पुग्न रु ५०० गाडी भाडा लाग्छ । पाँच पटक सदरमुकाम आउनु र गाउँपालिका र्फकन गरी पाँच हजार गाडी भाडा मात्र तिर्नुपर्दछ । गाउँपालिकामा बैंक भए एक दिन पनि नलाग्ने समय बैंक नहुँदा एउटा योजना सम्पन्न हुँदा दश दिन समय खर्च गर्नुपरेको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर आउने गरेका छन् । बैंक नभएकाले आर्थिक कारोवार गर्न निकै कठिनाई भएको गाउँपालिकापालिका–२ का वडाध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो कार्यपालिकाको पर्सी बैंठक छ । बैंठकले एक किसिमको आन्दोलन गर्ने प्रस्तावमा छौं ।” समयमै शाखा स्थापना नगरेकाले स्थानीय समुदायलाई स्थानीय सरकारको अनुभूति पाउन नसकेको वडाध्यक्ष थापाले बताउनुभयो ।

बैंकका लागि आश्यक उपकरण गाउँपालिका केन्द्रमा पु¥याइसकेको र इन्टरनेट जोड्न मात्र बाँकी रहेको सेन्चुरी बैंकका काठमाडौँका सामान्य सेवा विभाग प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल बैंकले परिपत्र गरेको निकै अगाडि नै हो । विभिन्न कारणले समयमै आफ्नो शाखा स्थापन गर्न नसक्नु हाम्रो कमजोरी रह्यो ।” बैंक स्थापना गर्नको लागि गाउँपालिकामा घर भाडामा लिएर सुरुक्षाकर्मीसमेत राखिसकेको र छिट्टै कारोवार शुरु हुने उहाँले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।