नेकपा प्रचण्ड-माधव धनकुटाको अध्यक्षमा लिंखा र सचिवमा ढुंगाना

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले तल्लो तहसम्म नै नेतृत्व तोक्ने काम तीव्र गतिमा अघि बढाएको छ।

साविकको पार्टी दुई फ्याक भएपछि यो पक्षले ६८ जिल्लाको नेतृत्व टुङ्ग्याएको हो।

जस अन्र्तगत धनकुटाको पाटी अध्यक्षमा दुर्गा लिंखा र सचिवमा ऋषिराम ढुंगाना लाई चयन गरिएको छ ।

यो पनि…

नेकपा विवादले देश सङ्कटमा प¥योः महामन्त्री सिंह

बलेवा, १० फागुन (रासस)ः नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाउनुभयो ।

“यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्”, उहाँले भन्नुभयो, “नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा प¥यो ।” धर्मनिरपेक्षता हटाउन र एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उहाँले लगाउनुभयो । “छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्”, उहाँले भन्नुभयो ।

सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत उहाँले गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖