क्षमता विकासका लागि जिल्ला स्तरीय तरूण प्रशिक्षण कार्यक्रम

धनकुटा.फागुन १० । नेपाल तरूण दल धनकुटाले तरूण दलका सदस्यहरूको क्षमता विकास गर्नको लागि जिल्ला स्तरीय तरूण प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाल तरूण दल जिल्ला कार्य समितिको आज बसेको बैठकले उक्त तरुण प्रशिक्षण फागुन २० देखि २५ गतेभित्र आयोजना गर्ने निर्णय गरेको हो ।

धनकुटा जिल्लामा क्रियाशील तरुणहरूलाई वैचारिक तथा विविध विषयमा क्षमता वृद्धि गर्ने उदेश्यले करिब ५ सय तरुणहरूलाई प्रशिक्षण प्रदान गर्ने निर्णय गरिएको नेपाल तरुण दलका अध्यक्ष दिनेश राईले बताउनु भयो ।

जिल्लाका तरुण साथीहरूलाई सक्षम बनाउन जिल्ला स्तरीय तरुण प्रशिक्षण राख्ने निर्णय भएको कुरा नेपाल तरुण दलका जिल्ला सचिव नरेन्द्र राईले बताउनु भयो ।

उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न विभिन्न उप समितिहरू समेत चयन गरिएको छ ।स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा नरेश श्रेष्ठ,मञ्च तथा साउण्डसिस्टम व्यवस्थापन उपसमिति संयोजकमा तिलक महत,ब्यानर व्यवस्थापन उपसमिति संयोजकमा नरेन्द्र राई,आर्थिक,खाना खाजा तथा तरुण पोशाक व्यवस्थापन उपसमितिमा दिनेश राई,झण्डा व्यवस्थापन उपसमिति संयोजकमा अशोक राई,लेटरप्याड व्यवस्थापन उपसमिति संयोजकमा युवराज पराजुली,साइनबोर्ड व्यवस्थापन उपसमितिको संयोजकमा धिराज तामाङ लगायत चयन गरिएको नेपाल तरुण दल धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।