धनकुटास्थित एक घरमा आग्लागी
धनकुटा खबर । धनकुटा नगरपालिका ४ मा आज दिउँसो एक घरमा आग्लागी भएको छ । धनकुटा नगरपालिका ४ भोटेचौतारा स्थायी घर भै हाल पुर्चगल वस्दै आएका वरिष्ट पत्रकार राजकुमार दिक्पालको घरमा विधुत लाईन सर्ट भई आग्लागी भएको हो ।
घरमा कोही नभएको वेला दिउँसो घरको धुरीको झ्यालबाट धुँवा आएको देखे पछि आफुले अचानक थाहा पाएको दिक्पालका भतिज संजय लिम्वुले वताउनुभयो ।
आफुले थाहा पाउँदा दिदि विजया लिम्वु सुत्ने कोठा र आफु सुत्ने अर्को कोठामा आगो सल्केकोले २ वटै कोठाको कुनै सामान निकाल्न नपाईएको उहाँले वताउनुभयो ।
आग्लागीको कारण घर सहित सरसामानको हिसाव गर्दा ८ देखी १० लाख वरावरको क्षति भएको प्रहरीको अनुमान छ । नेपालगञ्ज विवाह भएकी संजयकी दिदी विजया चाँडै हङ्गकङ्ग जाने तयारीमाले केही महिना अघि माईती आउनुभएको थियो । आग्लागीमा परि विजयाको हङकङ्गजान तयारी गरिएको पासपोर्ट,नागकिता लगायत आवश्याक सम्पुर्ण कागाजपत्र जलेर नष्ट भएको छ ।
हङ्गकङ्ग जाने भएपछि माईतीमा विदा माग्न आउनुभएकी उहाँको कोठामा रहेको नगद १ लाख, ५० हजार, २ तोला सूनको औठी जलेर नष्ट भएको जनाइृएको छ । दिक्पालका दाजु मानवहादुर, आमा, भाउजू भने केही दिन अघि काठमाण्डौं गएका थिए ।
ढुङ्गा माटो र च्याँदरले वनेको तीन तले छानो भएको घरमा सिरान तलामा विधुत सर्ट भएर आगो लागेको थियो । सिरानको तलामा दिदीभाई वस्दै आएका थिए ।
भुईतलमा वोईलर कुखुरा पालेका थिए । सिरानको तलाको भित्री भागको काठपात पुर्ण रुपमा जलेर नष्ट भएको छ । घरको छानामा लगाईएको काठ सम्पुर्ण जलेकाले घर काम नलाग्ने भएको छ ।
आगलागीको कारण कुनै मानविय क्षति नभए प्रहरीले जनाएको छ । आगो धनकुटा नगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानियको करिव १ घण्टाको प्रयास पछि नियन्त्रणमा आएको थियो ।


