सामुदायिक रेडियो मेलौली नियमित प्रसारणमा

बैतडी, १ चैत । बैतडीको तल्लोस्वराडमा स्थापना भएको सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जले आफ्नो नियमित प्रसारण यात्रा शुरु गरेको छ ।

मेलौली सूचना तथा सञ्चार समूहद्वारा सञ्चालित रेडियो मेलौली आज एक औपचारिक कार्यक्रमका साथ नियमित प्रसारण यात्रा शुरु गरेको रेडियोका स्टेशन म्यानेजर लक्ष्मण बिसीले जानकारी दिनुभयो ।

कार्यक्रममा मेलौली नगरपालिलिकाका प्रमुख कृष्णसिंह नायकलगायतका जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा नगरप्रमुख नायकले रेडियोले समावेशी र निष्पक्षरुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लाको तल्लोस्वराड क्षेत्रअन्तर्गत मेलौली नगरपालिका–१ मा स्थापना गरिएको रेडियो मेलौलीले तीन महिनाको परीक्षण प्रसारणपश्चात् नियमित यात्रा शुरु गरेका हो ।

रेडियोले नियमित प्रसारण यात्रा शुरु गरेपश्चात् हरेक घण्टा ताजा समाचार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, समसामहिक विषयमा गरिएको बहस, सूचनालगायत आवाजविहीनको आवाज बन्ने स्टेशन म्यानेजर बिसीले बताउनुभयो ।

दुर्गम ठाउँमा विभिन्न आरोह र अवरोह पार गर्दै स्थापना गरिएको रेडियोले विशेष गरेर यस क्षेत्रका हरेक पर्यटकीय ठाउँको विकास र प्रवद्र्धन गर्न विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने, स्थानीय भाषा, संस्कृतिको संरक्षण गर्ने, पिछडिएका वर्गलाई अगाडि ल्याउन मद्दत गर्ने, जनताको हितका लागि कदम चाल्ने र यसका लागि यस क्षेत्रका बासिन्दाका साथ सहयोग आवश्यक हुनुपर्ने रेडियोले जनाएको छ ।

‘समृद्धि र विकासका लागि समावेशी आवाज, आफ्नै बोली आफ्नै शैली’ भन्ने मूल नाराका साथ रेडियो सञ्चालनमा आएको हो । रेडियो अबदेखि बिहान ५ देखि राति ११ बजेसम्म १८ घण्टे प्रसारण हुनेछ । सय वाट क्षमता भएको रेडियोले गत पुस १० गतेदेखि परीक्षण प्रसारण शुरु गरेको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।