आगलागीकाे कारण क्षतिग्रस्त बहुमुखी पाठशाला धनकुटालाई सहयोग गर्न अपील

धनकुटा खबर । आगलागीकाे कारण क्षति ग्रस्त बहुमुखी पाठशाला धनकुटालाई सहयोग गर्न धनकुटा उद्योग बाणिज्य संघले अपील गरेको छ ।

संघले अाज पाठशाला अागलागीकाे स्थलगत निरिक्षण गरि सहयाेग गर्न सम्पूर्णलाई अपील गरेकाे हाे । आगलागीकाे कारण पाठशालाले संचालन गरेको टपरी उद्योगकाे मेसिन,साउण्ड सिष्टमका समाग्रीहरु,ह्याचरी मेसिन,सवै जात जातीका पोशाक,बाजा गाजा सहितका समाग्रीहरु जलेर नष्ट भएकाछन् ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई सहितकाे टाेलिले घटना स्थलकाे प्रत्यक्ष अवलोकन गरी दु:खमा परेका संस्थालाई सहयोग गर्न सवै संघ संस्था, कार्यालय, स्थानीय तह र उद्योगी व्यपारी तथा व्यावसायीहरुलाई सक्दो सहयोग गर्न अपील गरेको छ ।

व्यापारी तथा धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरु सरोज भूजेल र सोभित श्रेष्ठले साे बहुमुखी पाठशालामा टपरी बनाउने मेसिनबाट टपरी उत्पादन र साउण्ड सिस्टम,विभिन्न आदिवासी जनजातीहरुको पोशाकहरु बाजा गाजाहरु राखी डान्स प्रशिक्षण दिने तथा विभिन्न सीप मुलुक तालिमहरु सञ्चालन गर्दै अाएका थिए ।

टाेलिमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु उज्वल श्रेष्ठ, रेजिना पलिखे,सुनिता थापा, रिदम श्रेष्ठ, अम्विका धमला, रेवती प्रसाद दाहाल, शोभा श्रेष्ठ लगायतकाे सहभागिता थियाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।